दिपक बाेहाेरा
पाँचथरमा एक नगरपालिका सहित ७ वटा गाउँपालिका रहेका छन् । यहाँ आठ स्थानीय तहमा ६० वटा वडाहरु रहेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ६० वडाहरु मध्ये ५० भन्दा कम मतान्तरमा हार-जित भएका वडाहरुलाई हामिले प्रस्ततु गरेका छौं ।
फिदिम १४ मा ३ मतको फरक
पाँचथरमा फिदिम नगरपालिका वडा नम्बर १४ मा सबै भन्दा कम मतान्तरमा हार जित भएको थियो । नेकपा एमालेका हेमबहादुर फागोले ४१४ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्र राईले ४११ मत पाएका थिए ।
फिदिम वडा नम्बर १ मा ५ मतको फरक
पाँचथरको सदरमुकाम समेत रहेको फिदिम वडा नम्बर १ मा ५ मतको मतान्तरमा हार जित भएको थियो । नेपाली कांग्रेसका हर्क मोक्तानले ७७४ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका गजाधर भट्टराईले ७६९ मत पाएका थिए । तर, निर्वाचित वडाध्यक्ष हर्क मोक्तानको कार्यकाल पुरा नभइ मृत्यु भए पछि २०७६ सालमा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा वडा अध्यक्षमा निर्वाचित नेकपाका गजाधर भट्टराइले १४ सय ४६ मत प्राप्त गरेका थिए । भने कांग्रेसका सुवराज थापाले ९ सय ७२ मत गरेका थिए ।
फिदिम वडा नम्बर ५ मा १० मतको फरक
फिदिम वडा नम्बर ५ मा १० मतको मतान्तरमा हार जित भएको थियो । एमालेका लिलाराज तुम्बापोले ६३५ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका भरत तुम्बापोले ६२५ मत प्राप्त गरेका थिए ।
फिदिम वडा नम्बर १२ मा १२ मतकै फरक
फिदिम वडा नम्बर १२ मा १२ मतकै मतान्तरमा हार जित भएको थियो । माओबादी केन्द्रका प्रेमनारायण आर्चायले ४०५ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका ओमबहादुर न्यौपानेले ३९३ मत प्राप्त गरेका थिए ।
फिदिम वडा नम्बर ३ मा २५ मतको फरक
फिदिम वडा नम्बर ३ मा २५ मतको मतान्तरमा हार जित भएको थियो । नेपाली कांग्रेसका नरेन्द्र गुरुङले २१७ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका मनकुमार राईले १९२ मत प्राप्त गरेका थिए ।
फिदिम वडा नम्बर ११ मा २९ मतको फरक
फिदिम वडा नम्बर ११ मा २९ मतको मतान्तरमा हार जित भएको थियो । नेपाली कांग्रेसका श्री प्रसाद घिमिरेले ५२५ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका पृथीराम एकतिनले ४९६ मत प्राप्त गरेका थिए ।
फिदिम वडा नम्बर ७ मा ४५ मतको फरक
फिदिम वडा नम्बर ७ मा ४५ मतको मतान्तरमा हार जित भएको थियो । नेपाली कांग्रेसका गोपाल प्रसाद गुरुङले ४३४ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी नेकपा माओबादी केन्द्रका सन्तबहादुर राईले ३८९ मत प्राप्त गरेका थिए ।
याङवरक वडा नम्बर १ मा २८ मतको फरक
याङवरक वडा नम्बर १ मा २८ मतको मतान्तरमा हार जित भएको थियो । नेकपा एमालेका मोहन ढुङगेलल ४१९ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवकुमार चाम्लीङले ३९१ मत प्राप्त गरेका थिए ।
याङवरक वडा नम्बर ३ मा ४७ मतको फरक
याङवरक वडा नम्बर ३ मा ४७ मतको मतान्तरमा हार जित भएको थियो । नेपाली कांगेसका मबिन्द्र योङयाले ८३६ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका भिमबहादुर योङयाले ७८९ मत प्राप्त गरेका थिए ।
याङवरक वडा नम्बर ४ मा ३३ मतको फरक
याङवरक वडा नम्बर ४ मा ३३ मतको मतान्तरमा हार जित भएको थियो । नेकपा एमालेका शहरनन्द योङया ५७१ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खौनबहादुर योङयाले ५३८ मत प्राप्त गरेका थिए ।
एमालेको गड हिलिहाङ वडा नम्बर १ मा २० मतको फरक
नेकपा एमालेले सत प्रतिशत नतिजा निकालेको स्थानिय तह हिलिहाङ गाउँपालिका हो । हिलिहाङ वडा नम्बर १ मा भने निकै प्रतिस्पर्धा भएको थियो । हिलिहाङ वडा नम्बर १ मा २० मतको मतान्तरमा हार जित भएको थियो । नेकपा एमालेका गोपीकृष्ण भण्डारीले ५५२ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कैलासमान लिङदेनले ५३२ मत प्राप्त गरेका थिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालले गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ७ वटै वडा एमाले जितेको थियो ।तर, वडा नम्बर ७ का वडाध्यक्ष तिर्थराज तिम्सिनाको निधन भएपछि २०७६ सालमा उपनिर्वाचन भएको थियो । उक्त उपनिर्वाचनमा नेपाली कांग्रेसका तिलबिक्रम इदिङगो निर्वाचित हुँदै हिलिहाङमा कांग्रेसको तर्फबाट खाता खोलेका थिए ।
फाल्गुनन्द वडा नम्बर २ मा ४४ मतको फरक
नेकपा मालेले देश भरमा पहिलो खाता खोलेको वडानै फाल्गुनन्द २ हो । फाल्गुनन्द २ मा ४४ मतको मतान्तरमा हार जित भएको थियो । नेकपा मालेका वहादुर सिं नेम्बाङले ३७० मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका देशकुमार नेम्बाङले ३२६ मत प्राप्त गरेका थिए ।
एमालेको गड कुम्मायकमा ३३ मतले एमालेका वडाध्यक्षको हार
एमालेको गड समेत रहेको कुम्मायक गाउँपालिकामा वडा नम्बर १ मा ३३ मतले एमालेका वडाध्यक्षका उम्मेद्धार पराजित भए । स्वतन्त्र उम्मेद्धार देबेन्द्रकुमार लावतीले ५०७ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका खड्गबहादुर वरालले ४७४ मत प्राप्त गरेका थिए ।
तुम्बेवा १ वडा नम्बर मा १८ मतको फरक
तुम्बेवा वडा नम्बर १ मा १८ मतको मतान्तरमा हार जित भएको थियो । नेकपा एमालेका मोतीराज तामाङले ३२५ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी नेकपा माओबादी केन्द्रका धनबहादुर कार्कीले ३०७ मत प्राप्त गरेका थिए ।
तुम्बेवा वडा नम्बर ३ मा ४९ मतको फरक
तुम्बेवा वडा नम्बर ३ मा ४९ मतको मतान्तरमा हार जित भएको थियो । नेकपा एमालेका कमल थापाले ४१५ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुराम खड्काल ३६६ मत प्राप्त गरेका थिए ।