पाँचथर । विवेकशील साझा पार्टीले ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिको मेयरमा समीक्षा बाँस्कोटालाई उठाउने निणर्य गरेको छ । समीक्षा बाँस्कोटाको पुख्यौली घर पाँचथरको रानिटार हो । उनि पूर्व गृह राज्यमन्त्री दिपक प्रकाश बाँस्कोटाकोे छोरी हुन् ।
विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकका अनुसार बाँस्कोटा बागमती प्रदेशकी पूर्वसंयोजक तथा केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन्। उनका अनुसार ३८ वर्षीया बास्कोटाले काठमाडौं स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छिन् ।
गत निर्वाचनमा काठमाडौं-१ ‘क’ बाट प्रदेशसभाको उमेदवारसमेत बनेकी बाँस्कोटाले २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन् ।