पाँचथर । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मिक्लाजुङ गाउँपालिकामा पुन : निर्वाचन अधिकृत हेरफेर गरेको छ ।
सबै भन्दा पहिला नियुक्त गरेको निर्वाचन अधिकृत पुजा खत्रिलाई १० दिन नबित्दै हटाएर लक्ष्मीदेवि होमगाई खतिवडा लाई नियुक्ति दिइएको आयोगले फेरी निर्वाचन अधिकृत परिर्वतन गर्दै मुक्तीनाथ खनाललाई मिक्लाजुङ गाउँपालिकाको निर्वाचन अधिकृतमा खटाएको छ ।
यस्तै आयोगले पाँचथरको मिक्लाजुङ गाउँपालिकामा निर्वाचन अधिकृतका रुपमा खटाइएको लक्ष्मीदेवी होमागाईलाई धनकुटाको महालक्ष्मी नगरपालिकाको निर्वाचन अधिकृतमा खटाएको छ ।
नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत २९ गतेभित्र अर्थात् आजैदेखि नै लागू हुने गरी तोकिएको स्थानमा हाजिर हुन पनि आयोगले निर्देशन दिएको छ ।