पाँचथर ।कोभिड महामारिले गर्दा विश्व आक्रन्त बनेको बेला बिगतको समय बिश्वको लागि नै त्यति फलदायी बनेको छैन। २०७८ साल पाँचथरको लागी त्यती राम्रो रहेन । प्रकृतिक विपत र महामारीले पाँचथरलाई निकै क्षति गर्यो । कोभिड १९ का कारण जिल्लामा २७ जनाले ज्यान गुमाउनु पर्यी ।सवारी दुर्घटना अन्य घटनाहरुले पनि पाँचथरलाई दुखि बनायो ।
२०७८ साल कार्तिक महिनामा आएको अबिरल वर्षाले पाँचथरमा धेरै धनजनको क्षति गर्यो । बेमौेसमी वर्षाको कारण पाँचथरमा ३१ जनाले ज्यान गुमाउनु पर्यो २ जनाको अवस्था अझै अज्ञात रहेको छ । मिक्लाजुङ गाउँपालिकामा मात्रै २४ जनाले ज्यान गुमाउनु पर्यो । उक्त बेमौसमी वर्षाको कारण पाँचथरमा धेरै परिवारले घर जग्गा गुमाउनु पर्यो । धेरै खेतबारहरु बगायो । धेरै पुल र सडकहरु बगायो ।
बाढी र पहिरोको कारण पाँचथरका धेरै स्थानहरु सम्पर्क विहिन हुन पुगेका थिए । सडक बन्द भएको कारण धेरै स्थानमा खाद्यान्न अभाव समेत हुने अवस्था आएको थियो । कर्तिक ८ गते सदरमुका फिदिम नजिक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो । ६४ जना घाइते भएका थिए । घाइते घाइतेको उद्धारको लागी हेलिकप्टरनै मगाउनु परेको थियो ।
असोज २० गते फालेलुङ गाउँपालकिा-८ घर भई फदिम-२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिनाको उपचारका क्रममा मृत्यु भएपछी जल्लिा अस्पताल तनावग्रस्त बनेको थयो। उत्तेजति भीडले अस्पताल लोडफोड गरी अस्पतालका संरचनामा ठूलो क्षती पुराएका थिए ।
जेठ २९ गते सदरमुकाम फिदिम बजार नजिकै जोरसालमा ७९ वर्षीय टेकबहादुर लिम्बुको घरमै हत्या भएको थियो । सदरमुकाम नजिकै हत्या भएकाले यो पनि जिल्लामा निकै चर्चाको विषय बनेको थियो । यित जिल्लाका प्रतिनिधिमुलक घटनाहरु भए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्याङक अनुसार पाँचथरमा ७८ सालमा ६ कर्तव्य ज्यान सम्बन्धी मुद्धा दर्ता भएका छन् । १० वटा ज्यान मार्ने उद्योगमा मुद्धा ,भवित्वमा परेर ज्यान गुमाउनेको संख्या, मृत फेला परेको संख्या ७५, ज्यान सम्बनधी मुद्धा ९ वटा,आत्माहत्या दुरुत्साहान मुद्धा २ वटा, विष खाएको ३ वटा, झुन्डीएको ९६ वटा,चोरी १७ वटा जवरजस्ती करणी ३५ वटा,बहुबिबाह १८ वटा, सवारी ज्यान १० वटा मुद्धा दर्ता भएको जनाइएको छ ।