यासाेक । यासाेकमा जारी कुम्मायक कुस्सायक अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा संगम क्लब सुनसरी फाइनल प्रबेश गरेकाे छ ।
शुक्रबार भएकाे पहिलाे सेमिफाइन खेलमा ब्रोर्दश युनाइटेड क्लव झापा लाई १- ० गाेल अन्तरले हराउदै सुनसरी उपाधि नजिक पुगेकाे हाे ।
खेलको १८ औं मिनेटमा सुनसरी आयुस तामाङले गरेको गोल नै निर्णाय गोल बन्न पुग्यो । निकै प्रतिस्पर्धात्मक खेलमा त्यस पछि कुनै गाेल भएन । पाएका केहि अवसर गुमाउदा झापा घर फर्कन बाध्य भयाे ।
खेलमा गाेल गरेका सुनसरीका आयुस तामाङ म्यान अफ दि म्याच बने । उनले नगद पॉच हजार प्राप्त गरे ।
प्रतियोगिताको बिजेता टोलीले नगद ३ लाख ३३ हजार ३३३ रुपैंयॉ प्राप्त गर्नेछ । उपबिजेताले नगद १ लाख ६६ हजार ६६६ रुपैंया प्राप्त गर्नेछ ।
प्रतियाेगितामा भाेलि फाईनल प्रबेशकाे लागि आयोजक सयपत्री क्लव रातो र खेवाङ एफ्सि ताप्लेजुङ बीच हुने छ ।