पाँचथर– प्रमुख राजनीतिक दलले उम्मेद्वार नटुङग्याउदा मनोनयन दर्ता गर्ने पहिलो दिन निर्वाचन अधिकृतको कार्यालय सुनसान छन् । चर्को घाममा अधिकृतको कार्यालयमा कर्मचारीमात्र उम्मेद्वारलाई पर्खिएर बसेका छन् ।
फिदिम नगरपालीका सहित पाँचथरका आठै स्थानीय तहमा मानोनय दर्ता भएको छैन् । केहिठाँउमा मनोनय पत्र दर्ताका लागि लगेर गएपनि दर्ता गर्न आईनपुगेको निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् ।
मुख्य दलहरुमा उम्मेद्वार टुङग्याउने विषय निक्कै पेचिलो बन्दा दोश्रोदिनमात्र मनोनय दर्ता हुने देखिएको छ ।
फिदिम नगरपालीकामा राजनीतिकदलहरले सोमवारका लागिमात्र समय मागेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । दलहरुले दोश्रो दिनका लागि समय मागेको मुख्य निर्वाचन अधिकृत योगेन्द्र प्रसाद शाहाले जानकारी दिए ।
पाँचथरमा नेपाली काग्रेस, नेकपा (माओवादी) केन्द्र र एकिकृत समाजवादी पार्टीले गठबन्धन गरेका छन् । यस्तै नेकपा (एमाले) र जनतासमाजवादी पार्टीले पनि तालमेल गरेका छन् ।
काग्रेसले सहमति भएका सिमित वार्ड बाहेकका उम्मेद्वार टुङग्याउन सकेको छैन । ६ गाँउपालीका अध्यक्ष र एक उपाध्यक्षका उम्मेद्वार छनौट अन्तिम चरणमा पुगेको काग्रेस नेताहरुले जानकारी दिए । कस्लाई उम्मेद्वार बनाउने भन्ने टुङ्गो लागेपनि सार्वजनिक भएको छैन् ।
एमालेले उम्मेद्वार छनौट अन्तिम चरणमा पुगेको बताईपनि केहि ठाँउ बाँकि रहेको बुझिएको छ । पालीका प्रमुख तथा उपप्रमुख छान्नका लागि याङवरक गाँउमा मतदान गराईएको थियो ।