पाँचथर । नेपाली काग्रेस पाँचथरले स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार टुङ्गाएको छ । ६ वटा गाँउपालीका अध्यक्ष र एक उपाध्यक्ष सहित कांग्रेसको भागमा परेका वार्ड अध्यक्षको समेट उम्मेद्वार छनौट भएको नेताहरुले बताएका छन् ।
फालेलुङ गाँउपालीकाको अध्यक्षमा विरविक्रम थाम्सुहाङ, याङवरक गाँउपालीकामा मुविन्द्र योङ्या, हिलिहाङमा समर अधिकारी, कुम्मायकमा बम लावती, फाल्गुनन्दमा वृजहाङ आङदेम्बे र तुम्बेवामा बाबुराम खड्काले अध्यक्षमा टिकट पाएका छन् । मिक्लाजुङ गाँउपालीकाको उपाध्यक्षमा सन्तोष शेर्माले टिकट पाएका छन् ।
गठबन्धमा काग्रेसको भागमा परेका अध्यक्ष, उपाध्यक्ष तथा वार्डअध्यक्षको उम्मेद्वार टुङ्गीएको जानकारी दिइएको छ । चासोका साथ हेरीएको फिदिम नगरपालीकाको प्रमुख भने प्रदेशले समितिले निणर्य गर्ने छ ।