पाँचथर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लगाी मिक्लाजुङ गाँउपालिकामा ६ जनाले पालिका अध्यक्ष र ४ जनाले उपाध्यक्षमा मनोननय दर्ता गराएका छन् ।
गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रका अमर राज माखिमले मनोनयन दर्ता गराएका छन् भने उनीसँगै नेकपा एमाले पार्टीको तर्फबाट नरेन्द्र कुमार बस्नेत, नेपाल क्म्युनिष्ट पार्टी (माक्र्सवादी लेलीनवाली) बाट चन्द्रमाया बोहोरा, जनता समाजबादि पार्टीबाट दिलेन्द्र कुमार सुब्बा,संघिय लोकतान्त्री राष्ट्रिय मञ्चबाट भानुभक्त फियाक,मंगोल नेशनल अर्गनाइजेशनबाट सरोज तामाङले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय मिक्लाजुङले जानकारी दिएको छ ।
यस्तै, उपप्रमुख पदमा नेपाली कांग्रेसका सन्तकुमार शेर्मा, नेकपा माओबादी केन्द्रबाट जुनुकुमारी लावती,नेकपा एमालेको तर्फबाट धनमाया सारु, जनता समाजबादी पार्टीको तर्फबाट मनमाया आङदेम्बेले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय मिक्लाजुङले जानकारी दिएको छ ।