पाँचथर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लगाी फालेलुङ गाँउपालिकामा ५ जनाले पालिका अध्यक्ष र ४ जनाले उपाध्यक्षमा मनोननय दर्ता गराएका छन् ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विरबिक्रम थाम्सुहाङले मनोनयन दर्ता गराएका छन् । भने उनीसँगै नेकपा एमाले पार्टीको तर्फबाट जयप्रकाश केरुङ, मंगोल नेशनल अर्गनाइजेशन बाट टुकप्रसाद थाम्सुहाङ,संघिय लोकतान्त्री राष्ट्रिय मञ्चबाट कुमार केरुङ र राप्रपाबाट देबेन्द्र खत्रिले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय फालेलुङले जानकारी दिएको छ ।
यस्तै, उपप्रमुख पदमा नेकपा माओबादी केन्द्रबाट महेन्द्रहाङ जबेगु, नेकपा एमालेबाट सुजता बान्तवा राई, ,संघिय लोकतान्त्री राष्ट्रिय मञ्चबाट मायादेवी मेङवा र मंगोल नेशनल अर्गनाइजेशन बाट समिक्षा राईले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय फालेलुङले जानकारी दिएको छ ।