पाँचथर । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा फिदिम वडा नम्बर १० मा नेपाल कम्युनिष्ट पार्टि एमाले र राष्टिय प्रजातन्त्र पार्टिको वडाध्यक्षमा उम्मेद्वारी दर्ता गराएका ओमराज थाम्सुहाङ विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
थाम्सुहाङकाे नाम निर्वाचन आयोगले जारी गरेको उम्मेद्वार बन्न नपाउनेहरुको सूचीमा समावेश भएको भन्दै वडाध्यक्षका अर्का उम्मेद्वार बिरहाङमा थाम्सुहाङले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दाबी बिरोध पेश गरेकी हुन ।
दाबिबिरोधमा जनाइए अनुसार ओमराज थाम्सुहाङको नाम १५ हजार ८ सय ९७ नम्वरको कालो सूचीमा सुचिकृत रहेको निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
थाम्सुहाङको नाम कर्जा सूचना केन्द्रले निर्वाचन आयोगमा उपलव्ध गराएको सूचीमा समावेश छ ।