पाँचथर । पाँचथरको फिदिम नगरपालिका र कुम्मायक गाउँपालिकाबाहेका ६ गाउँपालिकामा २ पालिका अध्यक्षका उम्मेदवार सहित बिभिन्न पदमा मनोनयन गराएका १८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिनेमा दुई जना अध्यक्षका उम्मेदवार रहेका छन् । यस्तै, उप्रमुखमा १, वडाध्यक्ष ११ र वडा सदस्य पदका ४ जना रहेका छन् ।मिक्लाजुङ गाउँपालिकामा १ अध्यक्ष , एक उपाध्यक्ष ,४ जना वडाध्यक्ष , १ वडा सदस्य र एक दतिल महिला सदस्यले उम्मेदवारी फिर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय मिक्लाजुङले जानकारी दिएको छ ।
मिक्लाजुङबाट उम्मेदवारी फिर्ता गर्ने मा जनता समाजबादी पार्टीबाट अध्यक्षका उम्मेद्धार बनेका दिलेन्द्रकुमार सुब्बा, नेकपा माओबादीबाट उपाध्यक्षको उम्मेद्धार बनेकी जुनु लावती, संघिय लोकतान्त्री राष्ट्रिय मञ्चबाट वडा नम्बर २ का वडाध्यक्षका उम्मेद्धार विष्णुप्रसाद थेगीम, संघिय लोकतान्त्री राष्ट्रिय मञ्चबाटै वडा नम्बर ५ का वडाध्यक्षका उम्मेद्धार तेजेन्द्र प्रसाल लावती, जनता समाजबादी पार्टीबाट बडा नम्बर ४ मा वडाध्यक्षका उम्मेद्धार बनेका धर्मराज राई, जनता समाजबादी पार्टीबाट बडा नम्बर ८ मा वडाध्यक्षका उम्मेद्धार बनेका पुन्य प्रसाद सिङखक, वडा नम्बर २ मा वडा सदस्यको उम्मेद्धार बनेको सन्तराम सिंजाली मगर र राप्रपाबाट वडा नम्बर २ मा दलित महिला सदस्यको उम्मेद्धार बनेकी तिर्थमाया गजमेरले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय मिक्लाजुङले जानकारी दिएको छ ।
त्यस्तै, हिलिहाङ गाउँपालिकामा राप्रपाबाट गाउँपालिका अध्यक्ष पदमा उम्मेद्धार बनेका धनेन्द्रराज काफ्ले र राप्रपाबाटै हिलिहाङ वडा नम्बर १को वडा सदस्य पदमा उम्मेद्धार बनेका विश्वराज ढकालले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय हिलिहाङले जानकारी दिएको छ ।
याङवरक गाउँपालिकामा जनता समाजबादी पार्टीको तर्फबाट वडा नम्बर २ मा वडाध्यक्षको उम्मेद्धार बनेका नेत्र प्रसाद खरेल र संघिय लोकतान्त्री राष्ट्रिय मञ्चको तर्फबाट वडा नम्बर ६ को वडाध्यक्षको उम्मेद्धार बनेका हेमराज योङहाङले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय याङवरकले जानकारी दिएको छ ।
फाल्गुनन्द गाउँपालिकामा जनता समाजबादी पार्टीको तर्फबाट वडा नम्बर २ मा वडाध्यक्षको उम्मेद्धार बनेका जितबहादुर नेम्बाङ र मंगोल नेशनल अर्गनाइजेशनको तर्फबाट वडा नम्बर २ को वडाध्यक्षको उम्मेद्धार बनेकी शान्ता तामाङले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय फाल्गुनन्दले जानकारी दिएको छ ।
फालेलुङ गाउँपालिकामा स्वतन्त्र उम्मेद्धारको रुपमा वडा नम्बर ८ मा वडाध्यक्षको उम्मेद्धार बनेका लक्ष्मी माङलाक र वडा नम्बर ७ मा स्वतन्त्र उम्मेद्धारको रुपमा महिला सदस्यको उमेद्धार बनेकी रिता मेयाङबो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय फालेलुङ जानकारी दिएको छ ।
तुम्बेवा गाउँपालिकामा स्वतन्त्र उम्मेद्धारको रुपमा वडा नम्बर १ मा वडाध्यक्षको उम्मेद्धार बनेका सोमप्रसाद भण्डारी र वडा नम्बर ७ मा स्वतन्त्ररुपमा वडा नम्बर २ मा वडाध्यक्षको उमेद्धार बनेका रामशरण पिठाकोटे मगरले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय तुम्बेवाले जानकारी दिएको छ ।
यता, कुम्मायक गाउँपालिकामा भने कुनै उम्मेदवारी फिर्ता नभएको बताइएको छ ।