ताप्लेजुङ । ताप्लेजुङमा १ प्रमुख,१ उपप्रमुख,६ उपाध्यक्ष सहित ४५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार १ नगरप्रमुख,१ पालिका अध्यक्ष,१ नगर उपप्रमुख र ६ जना उपाध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निर्वाचन अधिकारी दिनेश खनालका अनुसार फुङ्लिङ नगरपालिकामा उम्मेदवारी दर्ता गराएका १ प्रमुख,१ उपप्रमुख,मिक्वाखोला गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका १ पालिका अध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै सिदिङ्वा गाउँपालिकाको उपाध्यक्षमा एमालेबाट उम्मेदवारी गराएका रेणुका पन्दाक सहित ३,मेरिङ्देन गाउँपालिकामा उम्मेदवारी दर्ता गराएका एमाले उम्मेदवार टीकामाया लिम्बू,पाथीभरा याङ्वरकमा उम्मेदवारी दर्ता गराएका १ र मिक्वाखोलामा उम्मेदवारी दर्ता गराएका १ गरी ६ जना उपाध्यक्षले उम्मेदवारी फिर्ता लिनु भएको छ । यसैगरी बिभिन्न स्थानीय तहको वडाध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका १४,वडा सदस्य १५,महिला सदस्य ५ र दलित महिला सदस्य २ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सिदिङ्वा र मेरिङ्देनमा बद्लियो समीकरण
उम्मेदवारी फिर्ता प्रकृयाल ताप्लेजुङको मेरिङदेन र सिदिङ्वा गाउँपालिकाको राजनीतिक समीकरण बद्लिएको छ । त्यहाँ माओवादीका वागी उम्मेदवारलाइ एमालेले सघाउने भएको छ । यि दुबै स्थानमा अब अब काँग्रेस सहितको सत्ता गठबन्धन पक्ष र एमाले र माओवादी केन्द्रको वागी पक्ष बीच प्रतिश्पर्धा हुने देखिएको छ ।