पाँचथर । पाँचथर जिल्लाको एक मात्र नगरपालिका फिदिम नगरपालिकामा अध्यक्षका उम्मेदवार सहित बिभिन्न पदमा मनोनयन गराएका २४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिनेमा वार्ड अध्यक्ष तर्फ वार्ड नम्बर १ का स्वतन्त्र उमेदवार याम कुमार श्रेष्ठ, वार्ड नम्बर २ का संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भिम कुमार तुम्वापो, वार्ड नम्बर ३का भत्तकुमार श्रेष्ठ, वार्ड नम्बर ६ का जसपा बाट बिरेन्द्र तुम्रोक रहेका छन् ।
त्यस्तै वार्ड नम्बर ७ बाट दुइजना राप्रपाका दिपेश गुरुङ र स्वतन्त्र बाट रघुनाथ बास्कोटा, वार्ड नम्बर ८ का नेपाली काङ्ग्रेसका कुशलकुमार गुरुङ र वार्ड नम्बर ११ बाट स्वतन्त्र उमेदवार चन्द्रमान फ्युयलले उम्मेद्बारी फिर्ता लिएका हुन् ।
त्यस्तै गरि अन्य सदस्य, महिला सदस्य र दलित महिला सदस्यगरी जम्मा अध्यक्ष पद सहित जम्मा २४ जनाले हिजो साझ उम्मेद्बारी फिर्ता लिएको मुख्य निर्वाचन कार्यलयका सुचना अधिकारी राजन सुबेदिले केन्जोखबरलाई जानकारी गराएका हुन् ।
२४ जनाले उम्मेद्बारी फिर्ता लिए संगै नगरपालिकामा कुल उम्मेद्बारी संख्या अब २ सय १४ रहेको छ ।