केन्जो खबर ,
पाँचथर । फिदिमलाई पूर्वी पहाडको सम्भावना युक्त सहरको रुपमा लिईन्छ । नयाँ सहरको रुपमा अघि सारीएको फिदिम सहर अग्ला डाँडाहरुले घेरीएको उपत्यका जस्तो छ । मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, तमोर करीडोर जस्ता सडकले सुविधा दिएको यो सहरमा स्थानीय तह निर्वाचनको चहलपहल बढेको छ ।
तर फिदिम सहरले फिदिम नगरपालीकाको नेतृत्व गर्छ, प्रतिनिधित्व गर्न सक्दैन । १४ वटा वार्डमा फैलिएको फिदिम नगरपालीको धेरै जसो क्षेत्र ग्रामिण भु–भाग रहेको छ । कृषि, पर्यटन, सस्कृतिक सम्भावना भएको यो नगरपालीकामा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य जस्ता न्यूनतम आवश्यता मुख्य रहेका छन् ।
गाँउसम्म स्थानीय तहको चुनावको माहोल बन्दै छ । नजिकको सरकार भएकाले मतदातामाझ चासो, चिन्ता र सघन छलफल हुनु स्वाभाविक हो । ३४ हजार ६ जना मतादाता रहेको यो नगरपालीकाको अबको नेतृत्वका लागि मेयर पदमा ६ जना उम्मेद्वार रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका साहायक निर्वाचन अधिकृत राजन सुवेदीका अनुसार फिदिममा मेयर, उपमेयर, वार्ड अध्यक्ष र सदस्य सहित २ सय १४ जना उम्मेद्वार रहेका छन् । चुनावबाट ७२ जना जनप्रतिनिधि छानिने छ ।
मेयर पदमा नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, नेकपा एकिकृत समाजवादीको सत्ता गठबन्धनबाट कांग्रेसका मित्रप्रसाद काफ्ले र उपमेयरमा माओवादीका राधाकृष्ण न्यौपाने प्रतिस्पर्धामा रहेका छन् । यस्तै, नेकपा (एमाले) र राप्रपाको गठबन्धनबाट मेयरमा एमाले पृथ्वी लावती र उपमेयरमा राप्रपाका जगत थापा प्रतिस्पर्धामा छन् ।
यस्तै संघिय लोकतान्त्रीक मञ्च –लिम्बुवान पार्टीबाट मेयरमा देउकुमार नेम्वाङ र उपमेयरमा सुनिता केरुङ, जनता समावादी पार्टीबाट मेयरमा विष्णुकुमार लावती, उपमेयरमा भावना सुब्बा उम्मेद्वार बनेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीबाट मेयरमा सुमन तुम्बापो, मंगोल नेशनल अर्गनाईजेशनका मेयरमा हरिश्चन्द्र नेम्बाङ उम्मेद्वार छन् । यस्तै, उपमेयरमा नेकपा (माले)बाट पुन्यमाया घिमिरे उम्मेद्वार रहेकी छन् ।
मुख्य गरी सत्तारुढ गठबन्धनका उम्मेद्वार काफ्ले र एमाले–राप्रपाका उम्मेद्वार लावती विच प्रतिस्पर्धा हुने आंकलन छ । उपमेयरमा पनि न्यौपाने र थापा बिचकै प्रतिस्पर्धा हुने देखिन्छ । सत्तारुढ गठबन्धन अघिल्लो स्थानीय तहको निर्वाचनको मतलाई आधार मानेर विजयी हुनेमा विश्वस्त देखिन्छ । अघिल्लो स्थानीय तहमा काग्रेसले मेयर, उपमेयर सहित नौँ वटा वार्ड अध्यक्ष जितेको थियो । उपनिर्वाचनमा एउटा वार्ड भने एमालेले खोसेको थियो । माओवादीले दुईवटा वार्ड जितेको थियो ।
राप्रपासँग तालमेल गरेको एमाले मतदातालाई आफ्नो पक्षमा पारेर जितको इतिहास बनाउन चाहान्छ । गतको भन्दा आफ्नो मत वृद्धि भएको यो गठबन्धनको दाबि रहेको छ ।
दुबै गठबन्धनका विकास, निर्माणका एजेण्डा रहेका छन् । ‘सम्मुनत गाँउ, सम्मुनत नगर बनाउने योजना रहेको छ । विकास निर्माण, स्वास्थ्य, शिक्षा, पर्यटन प्रवद्र्धनमा जोड रहन्छ । कम आय भएका परिवारको आयवृद्धिमा हाम्रो ध्यान जान्छ’ सत्तारुढ गठबन्धनबाट मेयरका आकाक्षि काफ्लले भने ‘भष्ट्रचारबाट मुक्त राख्न विशेष पहल हुने छ । व्याक्तिगत प्रेरित लाभ लिने काम गरिदैन र यस्तो गर्न दिईदैन । समाग्र विकास, समृद्धिका लागि कार्यहरु अघि बढाउँछौँ ।’
राजनीति दलहरुले अनेकन नारा र एजेण्डा बनाएका छन् । सम्भावना युक्त नगरपालीका भएकाले अनेकन योजना कार्यन्वयन गर्न सक्ने देखिन्छ ।
‘आर्थिक रुपमा नगरपालीलाई आर्थिक रुपमा सवलीकरणगर्न कृषि तथा पशुपालनलाई महत्व दिएका छौँ । उत्पादनबृद्धि गर्दै बजारीकरण गर्ने हाम्रो मुख्य विषय छ । पर्यटन, गुणस्तरीय शिक्षाको विकास, महिलालाई सिपप्रदान गरि आत्मानिर्भर बन्ने कार्यक्रम ल्याउने छौँ’ एमाले–राप्रपा तर्फबाट मेयर आकाक्षि पृथ्वी लावतीले भने ‘पाँच बर्षमा विजुलीका काठका पोल विस्पीत गराउने, जनसमुदायको भावना र आवश्यकता अनुसारका कार्यक्रम लिएर गईरहेका छौँ ।’
यस्तो गत स्थानीय मत अघिल्लो स्थानीय तहको निर्वाचनमा मेयर पदमा कांग्रेसका उम्मेद्वारले ६ हजार ९ सय ६, एमालेका उम्मेद्वारले ५ हजार ४ सय ९९, माओवादीका उम्मेद्वारले ३ हजार ८ सय ८३ र राप्रपाकाले ७ सय १० मत प्राप्त गरेका थिए ।
यस्तै, उपमेयरमा काग्रेसका उम्मेद्वारले ६ हजार ५ सय १८, एमालेकाले ५ हजार ८ सय ५०, माओवादीकाले ३ हजार ५ सय ३६ र राप्रपाकाले १ हजार १३ मत प्राप्त गरका थिए ।