निर्वाचन आयोगले एमालेबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार रहेका केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ ।
जातीय द्वेष फैलाउने र महिला हिंसाबारे दिएको अभिव्यक्तिलाई आधार मानेर आयोगले स्पष्टीकरण सोधेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।
‘स्लेथापितले दिएको अभिव्यक्ति आयोगको नोटिसमा आएसँगै आयोगले तीन दिनभित्र जवाफ दिन निर्देशन दिएका हो। स्थापितले आफ्ना प्रतिद्वन्द्वी बालेन शाह अन्तर्राष्ट्रिय ठग भएको अभिव्यक्ति दिएका थिए । साथै उनले जातीय विभेद फैलाउने खालको अभिव्यक्ति दिएका थिए ।
यस्तै महिला हिंसाबारे उनीमाथि प्रश्न गर्ने भावना राउतलाई अपमानजनक व्यवहार समेत गरेका थिए ।