सरला रेग्मी,
फिदिम । न्यु निरौला साडी सेन्टरका मुक्ती निरौला राता सेता कपडा काट्न व्यस्त देखिन्थे । साडिको थुप्रो हाम्रो अगाडि राखिदिए र भने आफै हेर्दै गर्नु ल कुन मनपर्छ अनि म दाम हेरिदिउला’ भन्दै उनी हातमा कैचि बोकेर कपडा काट्न व्यस्त भए । स्थानिय तहको निर्वाचनका उमेदवारको मनोनयन दर्ता भएपछी उनको हातबाट कैँची हटेको छैन । चुनावी प्रचारप्रसारका लागि न्यु निरौला साडी सेन्टरबाट मात्र ७० देखि ७५ हजारसम्मको कपडा बेचेको निरौला बताउछन् ।
दोश्रो चरणको स्थानिय तहको निर्वाचन मिति नजिकैदै जाँदा शीर्षदलहरु आ–आफना उम्मेदवारहरुको टुङ्गो लगाउदै यतिबेला प्रचार प्रसारमा व्यस्त छन् । दलहरु सँगै व्यस्त छन्, दलहरुका झण्डा, दलका प्रमुख तथा उपप्रमुख र वडाका उम्मेदवारहरु विकास निर्माण सहितका विभिन्न फरक फरक चुनवी एजेण्डा लिएर जनताको घरदैलोमा पुगीरहेका छन् ।
यहि बैशाख ३० गते हुने स्थानिय निर्वाचनलाई मध्य नजर गर्दै चुनावी मैदानमा उत्रेका पार्टिहरुको प्रचारप्रसारको लागि झण्डा महत्वपूर्ण देखिन्छ । गाडी, मोटरसाइकल, भोट माग्न जादा बोक्ने देखि पार्टी प्रति आश्था राख्नेको घर घरमा झ्ण्डा देखिन्छ । डिजिटल हाउस देखि टेलर्स सम्म राता सेता ब्यानर देखि झण्डा बन्दै गरेको देख्न सकिन्छ । भनौ चुनावी प्रचारप्रसारले झण्डा बनाउने माहोल नै शृजना भएको छ । लखन मार्गमा सिलाइ मेसिन राखेर बसेका भिम दर्जिको पनि व्यस्तता त्यस्तै छ । एकदिनमा उनले १ सय ५० झण्डा बनाएका छन् । उनी भन्छन् – चुनाव लागेपाछी झण्डा मात्र सिलाएको छु, भ्याउदै भ्याइदैन । अरुबेला बेला बेला मात्र व्यस्त रहने भिम दर्जि यतिबेला पानी खाने फुर्सद नभएको बताउछन् । धेरै ओटा चिन्न भएको झण्डाको आकार र बुटटा अनुसार पैसा लिने उनी बताउछन् । लगभग २ सय ५० देखि सुरुभएको झण्डा १५ रुपैया सम्मको भएको उनि बनाउछन ।
उम्मेदवारहरु चुनाव आफनो पक्षमा पार्न जनशक्ति प्रदर्शन गर्ने र घरदैलो कार्यक्रमको हाडबाजी चलिरहेका बेला झण्डाको उपस्थिति पनि महत्वपुर्ण देखिएको छ । आफनो एजेण्डाका साथ जनतामा माझपुगेका उम्मेदवारहरु मतदातालाई विभिन्न आवश्वासन दिँदै मतमाग्ने काममा व्यस्त छन् । पार्टीको प्रचारप्रसारमा झण्डा आवश्यक देखिन्छ । चुनावमा मतदातालाई प्रभाव पार्न पार्टीको चिन्ह भएको टिसर्ट, टोपी लगाई नाचगानका साथ चुनाव प्रचार प्रचार गरिरहेका छन् ।
हेर्दा लाग्छ झण्डा बिनाको चुनाव निस्कृय जस्तै देखिन्छ ।
तर डिजिटल मिडियाहरुको प्रयोग बढ्ेसँगै कपडाको बिक्रि घटेको व्यवसायी बताउछन् । कपडा पसल संचालक चन्द्र काफ्लेले भने ‘७० मिटर कपडा ल्याएको थिए, सबै गैसकेको छैन’ । अहिले विभिन्न डिजिटल मिडिया, सोसल मिडियामा सस्तो र छिटोमा झण्डा पाइने हुँदा कपडाको झण्डा कम बिक्रि हुन थालेको उनी बताउछन् ।
एउटा झण्डाको मुल्य डिजिटल बनाउदा र कपडाको बनाउदा दाम उस्तै उस्तै परेपनी छिटो छरितो भएको कारण र पानिले पनि नभिजाउने हेदाँ
डिजिटल मिडियामै बनेका चुनावी सामाग्रीले स्थान पाएको देखिन्छ ।
निरौला भन्छन् – अघिल्लो निर्वाचनमा २ लाख ५० हजार सम्मको झण्डाको कपडा बिक्रि भएको थियो त्यस्को तुलनामा यसपटक कम छ । उनी भन्छन् ’ फेरि गाउँ गाउँमा सामाग्री पाउने हुँदा सदरमुकाम नै धाएर आउनु नपर्ने कारण बिक्रि कम भएको हो । उनले भने चुनावताका व्यापार बढ्ने देखिएपनी अरु समय झण्डाको कपडा खासै बिक्रि हुदैन । एउटा झण्डाको मुल्य सानोको ७० र ठुलोको मुल्य २ सय ५० हुन पुग्छ ।