पाँचथर– मेची राजमार्गको माध्यमबाट इलाम र पाँचथरलाई जोड्ने राँके बजारमा यो पल्टको चुनावको चहलपहल विगतको स्थानीय तहको निर्वाचनको जस्तो देखिएन ।
राँकेमात्र हैन यहिबाट छुट्ने राँके भेडेटारसडकले छोएका पाँचथर दक्षिणी क्षेत्रमा पनि २०७४ सालको जस्तो चुनावको उत्साह देखिएन । घुर्विसे पञ्चमी बजारका व्यवसायी एलवि रणपहेलीका अनुसार गतको स्थानीय तहको चुनावको भन्दा आधापनि चहपहल भएको छैन् ।
त्यसो त यो गाँउपालीका (फाल्गुनन्द) गाँउपालीकामा उपनिर्वाचन पनि भएको थियो । रणपाल भन्छन्, ‘यो घुर्विेसे पञ्चमी बजारमात्र हैन, गाँउ गाँउमा चुनावले लहर चल्थ्यो । घरघरमा झण्डा हुन्थे । मान्छेहरु आफ्ना काम पन्छाएर चुनावमा भिड्थे । अहिले त्यस्तो जोस–जागर देखिएको छैन् ।’
उनले भनेझै दक्षिणको मिक्लाजुङ गाँउपालीकासम्म पुग्दा चुनावको तेत्रो ठुलो उत्साह देखिएन । राजनीतिक दलका नेता तथा उम्मेद्वार चुनाव प्रचारमा खटिएकै छन् । तर नागरिकस्तरमा भने चुनाव प्रतिको उत्साह देखिदैन । सर्वसाधारण नागरिक आफ्ना दैनिक काममा खटिएका छन् । ‘चुनाव आउछ, जान्छ । भोट लगाउला’ सर्वसाधारण मतदाताको यस्तै धारणा सुन्न पाईन्छ ।
दलहरुले ठुला सभालाई प्राथमिकतामा राखेका छैन् । टोल तथा वार्डस्तर भेला, घरदैलोमा जोड दिएको देखिएन्छ । मतदान गर्ने दिन आउन केवल नौँ दिन बाँकि छ । मौन अवधिसमेत हुन्छ । तर नागरिकस्तरसम्म पुग्ने गरी उत्साह देखिदैन । राँके, पुरानो पञ्चमी, घुर्विसे पञ्चमी, सप्तमी, रवि तथा असापासको गाँउमा गत स्थानीय तहको चुनावको जस्तो उत्साह देखिदैन ।
२०७४ सालमा संघियताको कार्यान्वयन पछिको पहिलो निर्वाचनभएकाले पनि उत्साह निक्कै थियो । त्यसो त स्थानिय निकायमा लामो रिक्तता पछि स्थानिय तहको निर्वाचन हुन लागेको थियो । गाँउमै सिंहदरबार आउने कर्णप्रिय नारा थिए । अघिल्लो चुनावको प्रतिबद्धता अनुसार काम नहुदापनि मतदाता स्तरमा उत्साह नदिएको अनुमान छ ।
फाल्गुनन्द गाँउपालीकाको चिलिङदिनका शिक्षक माक्सेम नेम्बाङका अनुसार गाँउमा चुनावी माहोल तातिसकेको छैन् । ‘उम्मेद्वार छनौट गर्न ढिलो भयो, २०७४ सालको जस्तो माहोल बनिसकेकै छैन्’ उनले भने ।
गठबन्धनका कारण टिकट दिन ढिला भयो । यसपल्ट उम्मेद्वारका आकाक्षि धेरै भए । दलहरुलाई उम्मेद्वार छान्न निक्कै सकस भयो । मनोनयनको अन्तिम समयसम्ममामात्र उम्मेद्वार बनाइयो । त्यसो त कतिपय ठाँउमा उम्मेद्वारी फिर्ता गरेर गबन्धनको तालमेल मिलाइयो ।
‘नेता र उम्मेद्वार लागि रहनु भएको छ । सर्वसाधारणमा चासो छ तर यो पल्ट २०७४ जस्तो उत्साह चै देखिएन’ रविका मदन राई भन्छन् ‘अब थोरै दिनमात्र बाँकि छ । विगतको जस्तो माहोल यो पल्ट आउला जस्तो छैन् ।’
दलका जिल्ला स्तरका नेता गाँउमा पुगेका छन् । केन्द्रको राजनीति गर्ने नेताहरु जिल्लामा छन् । तर ठुला सभा भन्दापनि साना साना भेटघाटलाई जोड दिएको देखिन्छ । विगतमा नयाँ संरचनाका कारण पनि चासो, चर्चा र उत्साह भएको ग्रामिण क्षेत्रमा रहेमा रहेर रिपोर्टिङ गरिरहेका पत्रकार युद्ध बहादुर बोहोरा बताउँछन् । ‘अघिल्लो चुनावमा भएको प्रतिवद्धता अनुसार काम हुन नसक्दा पनि यो पल्ट सर्वसधारण उत्साहित छैन्’ बोहोरा भन्छन् ‘नेता तथा उम्मेदवार मेहनत गरिरहेका छन् ।’