पाँचथर । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा खटिने मतदान अधिकृतहरुको लागि दिइने तालिमको उद्घाटन आज पाँचथरको फिदिममा सम्मन्न भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा सम्मन्न उत्त कार्यक्रम दुई चरणगरि सम्मपन्न हुने छ । पहिलो चरण बैशाख २३ र दोस्रो चरणको तालीम बैशाख २४ गते गरि जम्मा १ सय ७६ जनालाई तालिम दिइने जिल्ला निर्वाचन अधिकारी कुमार भट्टराईले बताएका छन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न १ नगरपालिका र ७ गाउँपालिका गरि जम्मा १ सय ७६ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत सहभागी हुनेछन् ।
निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले आ आफ्नो पक्षबाट तयार रहेको बताएका छन् । तालिममा सहभागी भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई पालै पालो सुरक्षाबारे ढुक्क हुन र कानुनको दायरा भन्दा बाहिर नजान समेत जिल्लाका सुरक्षा निकायका प्रमुखले अनुरोध गरेका छन् ।
उद्घाटन समारोहमा बोल्दै मुख्य निर्वाचन अधिकृत योगेन्द्र प्रसाद शाहले स्वच्छ र निष्पक्ष ढङ्गबाट निर्वाचन गर्न सबैको भुमिका महत्त्वपूर्ण भएको हुँदा पाएको जिम्मेवारी बहन गर्नुपर्ने बताएका छन् ।
कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण ढङ्गबाट निर्वाचन सञ्चालन गर्न सबैको उत्तिकै भुमिका रहेको बतएका छन् । उद्घाटन सत्रमा बोल्दै न्यौपानेले पाएको जिम्मेवारी निष्ठा पुर्वाक पालना गर्न निर्देशन समेत दिएका छन् ।
जिल्लामा जसमा कुल मतदाता १ लाख ४० हजार २ सय २४ रहेको निर्वाचन कार्यलयले जनाएको छ ।