पाँचथर– पाँचथरको फाल्गुनन्द गाँउपालीकाको अध्यक्षमा उपनिर्वाचनकै प्रतिस्पर्धीको भेट भएको छ । उप–निर्वाचनमा अध्यक्ष पदमा भिडेका बृजहाङ आङदेम्बे र विरबहादुर कुरुम्बाङ अहिलेपनि प्रतिस्पर्धामा छन् ।
२०७६ साल मंसिरमा भएको उप–निर्वाचनमा पाँचथरको फाल्गुनन्द गाँउपालीका निक्कै चर्चामा रहयो । प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तह गरी ५२ ठाँउमा भएको निर्वाचनमा यो पालीकाको अध्यक्षको चुनावपनि चासो र चर्चाको बिषय बन्यो ।
उप–निर्वाचनमा नेपाली कांग्रेसलाई जितलाई निरन्तरता दिनु थियो भने तत्कालीन नेकपालाई जसरी पनि जित निकाल्नु थियो । तत्कालीन नेकपा सरकारमा थियो । नेपाली काग्रेसबाट विजयी अमर नेम्बाङको निधन भएपछि उप–निर्वाचन भएको थियो । काग्रेसले जितलाई निरन्तरता दिन सकेन । नेकपाबाट अध्यक्षका उम्मेद्वार बनेका कुरुम्बाङ विजयी बने ।
तर अहिले समिकरण बद्लीएको छ । नेकपा टुक्रिएर नेकपा (मओवादी) केन्द्र र नेकपा एकिकृत बनेको छ । माओवादी र नेकपा एसको साथमा आङदेम्बे चुनावी मैदानमा छ । फाल्गुनन्द गाँउपालीकाको यो चुनावी प्रतिस्पर्धा रोचक बन्दै छ ।
कुरुम्बाङलाई जनता समाजवादिको साथ छ । एमालेसँग मिलेर जसपाले उपाध्यक्ष लिएको छ । वार्ड न. १ को वार्ड अध्यक्ष लिएको जसपाको वार्ड न. ४को वार्डध्यक्ष भने आफ्नै उम्मेद्वार बनाएको छ । यहाँ एमालेबाट पनि वार्डध्यक्षका उम्मेद्वार छन् ।
उपनिर्वाचनमा ५ हजार ३ सय ६९ मत ल्याएर कुरुम्बाङ विजयी भएका थिए । आङदेम्बेले ४ हजार ५ सय ६६ मत ल्याएका थिए । २०७४ सालमा भएको पहिलो निर्वाचनमा भने कुरुम्बाङ पराजित भएका थिए । उक्त चुनावमा काग्रेसका अमर नेम्बाङको मत ४ हजार १ सय ६३ थियो भने कुरुम्बाङले ३ हजार ३ सय ६७ मत प्राप्त गरेका थिए । नेकपा (माओवादी) केन्द्रका ठाकुर सिंह नेम्बाङले ७ सय ४४ मत प्राप्त गरेका थिए । ठाकुरसिंह यो निर्वाचनमा सत्ता गठबन्धनबाट उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्दै छन् ।
काग्रेंस सत्ता गठबन्धनका साथमा आफ्नो जित फर्काउने दाउमा छ भने एमाले जितलाई निरन्तरता दिन चाहान्छ । काग्रेस सह–महामन्त्रि भिष्मराज आङदेम्बे, एमाले केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्बाङको गाँउपालीका समेत यहि हो । आङदेम्बे र नेकपा (माआवादी) केन्द्रका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि इन्द्रबहादुर आङ्बोले एकैमञ्चबाट सत्तागठबन्धलाई जिताउन आव्हान गरीसकेका छन् । एमाले केन्द्रीय सदस्य नेम्बाङ दौडधुप निक्कै छ ।
आफूले निर्वाचित भएर काम गरेकाले आफूले जित निकाल्ने कुरुम्बाङको भनाई छ । उता आङदेम्बे गठबन्धनका साथ यसपाली आफू विजयी हुने बताउँछन् । दुबै उम्मेद्वारका उस्तै नारा रहेका छन् । सडकपूर्वाधारको विकास, कृषि, भाषा संरक्षण, भाषा शिक्षा, पर्यटन प्रवद्र्धन दुबै उम्मेद्वारका एजेण्डा छन् । महागुरु फाल्गुनन्दको कर्मभुमि यो गाँउपालीका कृषि तथा पर्यटनको हिसबाले पनि महत्पूर्ण मानिन्छ ।
‘उपनिर्वाचनबाट विजयी भएपछि सुरु गरेका कामहरु पुरा गर्नु छ । कोभिडकाकारण सोचेजस्तो काम गर्न सकिएन । यो पल्ट जनताबाट अनुमोदन भएर ति कामलाई निरन्तरता दिनेछु’ कुरुम्बाङले भने ‘पूर्वाधार विकासका कामलाई अघि बढाएका छौँ । छोटो अवधिमा धेरै काम अघि बढेका छन्, तिनलाई पुरा गर्नु छ । कृषि क्षेत्रको विकास गर्नु छ । भाषा सस्कृति संरक्षण्का धेरै काम अघि बढाएका छौँ । ’
आङदेम्बे काग्रेस पाँचथरका उप–सभापति समेत हुन् । ‘स्वर्गीय अमर नेम्बाङले अघि सारेका योजना सम्पन्न गर्नु छ । निवुकोरीडर जस्ता महपूर्ण सडक निर्माण, पूर्वाधारको विकास, कृषिलाई आधुनिकरण, पर्यटन, भाषा सस्कृतिको संरक्षणमा मेरो जोड हुने छ’ आङदेम्बेले भने ‘सुविधा सम्पन्न र आत्मानिर्भर फाल्गुनन्द गाँउपालीका बनाउने योजना छन् ।’
७ वटा वार्ड रहेको यो गाँउपालीकामा १७ हजार १ सय ६४ जना मतादाता रहेका छन् ।