ताप्लेजुङ । वैशाख २७ गते मध्यरातिबाट मतदान कार्य सम्पन्न नभइञ्जेलसम्मका लागि ताप्लेजुङ जिल्लाभर मादक पदार्थको सेवन तथा विक्री वितरणमा राेक लगाइएकाे छ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आइतबार सार्वजनिक सूचना आह्वन गर्दै मादक पदार्थको सेवन तथा विक्री बितरण गरेको पाइए कानुन अनुसार कारबाही हुने जनाएको छ।
प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले वैशाख २७ गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभइञ्जेलसम्मका लागि जिल्ला भरनै मादक पदार्थको विक्री वितरण तथा सेवन निषेध गरिएको बताएका छन्।
उनले स्थानीय तह निर्वाचनलाइ स्वच्छ,निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ मा भएका व्यवस्था बमोजिम सूचना आह्वन गरिएको जानकारी दिए।