पाँचथर । जिल्ला प्रशासन कार्यालय पाँचथरले स्थानीय निर्वाचनका लागि मंगलबार रातिबाट मादक पदार्थ ओसारपोसार तथा सेवन निषेध गरेको जनाएको छ ।जिल्ला प्रशासन कार्यालय पाँचथरले वैशाख २७ गते राति १२ बजेबाट जिल्लाभर मादक पदार्थ सेवन, ओसारपोसार, बिक्री वितरण गर्न रोक लगाइएको जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले निर्वाचनलाई भयरहित, स्वतन्त्र, निष्पक्ष, मर्यादित बनाउनका लागि २७ गते रातिबाट निर्वाचनको मतदान कार्य सम्पन्न नहुन्जेल सम्मका लागि मदिरा प्रयोगमा रोक लगाइएको जानकारी दिए । प्रशासनको निणर्य अवज्ञा भए कानुन बमोजिम कारबाही हुने प्रजिअ न्याैपानेले बताए ।
प्रशासन कार्यालयले निर्वाचनका समयमा मदिरा पसल खोल्नमा समेत रोक लगाएको जनाएको छ ।