पााँचथर । बैशाख ३० गते हुने स्थानिय निर्वाचनकालागी मौन अवधिमा पाँचथरका निबर्तमान जिल्ला समन्वय समिति प्रमुख विमल सापकोटा माथि मत प्रभावित पार्ने गरि पैसा बाढ्दै हिडेको र कांग्रेसका कार्यकर्ताहरूलाई कुटपिट गराएको आरोप लागेको छ ।
२३ वटा मोटरसाइकलमा एमालेका कार्यकर्ताहरू ल्याएर हिलिहाङ गाउँपालिका-६ मा गए राति पैसा बाड्दै गर्दा गठबन्धका कार्यकरताहरु संग झडप भएको कांग्रेसका कार्यकर्ताहरूलाई कुटपिट गराएको सापकोटालाई आरोप लागेको हो ।
मौन अवधिमा कुनैपनी किसिमले मत नमाग्न निर्वाचन आयोगले निर्देशन दिएपनि निवर्तमान पाँचथर जिल्ला समन्वय प्रमुख बिमल सापकोटाले उल्लंघन गरेको आशय बोकेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
मध्य रातको समयमा घरदैलो र मतदाता भेटघाट गरेको भन्दै स्थानीयले एमाले जिल्ला सचिव तथा निबर्तमान जिल्ला समन्वय समित प्रमूख विमल सापकोटा र एमाले नेता दुर्गा मैनालीको टोली संग झडप भएको थियो ।
गए राती चुनाबी प्रचारमा एमाले जिल्ला सचिव तथा निबर्तमान जिल्ला समन्वय समिति पाँचथरका प्रमूख बिष्णुप्रसाद सापकोटा सहितको टोली गाँउ छिरेपछि कांग्रेस माओवादी र नेकपा एकिकृत समाजबादीका कार्यकर्ताले पिछा गर्ने क्रममा झडप भएको हो ।
उनलाई मतदाता प्रभावित पार्न पैसा बाँड्न लगाएको पनि आरोप लागेको छ । तर, सापकोटाले भने दुवै आरोप अस्वीकार गरेका छन् । उनले आराेप अस्विकार गरे पनि उन राति उक्त घटनामा सहभागी भएकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल भएकाे छ ।
दिउँसो देखिनै झडपको स्थिती हुने सम्भावना देखेर आफ्नो निर्वाचन क्षेत्रमा स्थिति नियन्त्रण गर्न गएकाे एमाले जिल्ला सचिव तथा निबर्तमान जिल्ला समन्वय समिति पाँचथरका प्रमूख बिष्णुप्रसाद सापकोटाले बताएका छन् । केन्जोखबरसँग कुरा गर्दै उनले भने झोलामा बाड्न पैसा बोकेको होइन,आफुलाइ चाहिले सामाग्री छाता र पर्स बोकेको बताएका छन् ’।
एमालेले गोपेटार र पञ्चमीबाट शिक्षकका मोटरसाइकल प्रयोग गरेर मौन अवधिमा गतिबिधी देखाएको स्थानिय नरेन्द्र कटुवालले बताएका छन् । उनले भने ‘थुलुङ्कका साथिहरुलाई दिउसै देखि धम्की आएको थियो साँझमा समन्वय प्रमुख लगाएत कार्यकर्ता मोटरसाइकलमा थुलुङ गए भन्ने खवर आएससँगै हामि पनि पछ्याउँदै गयौ पछि उनिहरु भागे त्यो पछाडी भारपा गएर झडप भएछ ।’
झडपका क्रममा केहि मोटरसाइकलमा तोडफोड भएको र बिहान मात्र स्थिती साम्य भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक राकेश थापाले बताएका छन् ।