सरला रेग्मी,
पाँचथर । संविधान कार्यान्वयन पछिको दोस्रो स्थानिय तहको निर्वाचन आज शुक्रबार पाँचथरको अधिकान्स स्थलमा मतदान शुरु भैसकेको छ । पाँचथर जिल्ला प्रहरी कार्यलयकाप्रमुख राकेश थापाका अनुसार फाल्गुनन्द को एउटा वार्ड र तुम्बेवाको एउटा वार्डमा अलि ढिला सुरुभएको र अन्य स्थलमा समयमै सुरु भएको केन्जो खबरलाई बताएका छन् ।
६० वटा वार्ड रहेको पाँचथरमामा १ लाख ४० हजार २ सय २४ मतदाता मध्धे ६६ हजार ६ सय ४८ महिला र ७३ हजार ५ सय ७६ जना पुरुष रहेका छन् । यहाँ मतदानको लागि १ सय १ मतदान स्थल र १ सय ७६ वटा मतदान केन्द्र तोकिएको छ । २ हजार १ सय सुरक्षा कर्मी र ९ सय ४ जना म्यादि प्रहरी खटाइएको सुरक्षा निकायले जनाएको छ । पाँचथर जिल्लाको १ मात्र नगरपालिका फिदिम नगरपालिकामा जम्मा मतदाता संख्या ३३ हजार ४ सय २२ जना रहेका छन । १४ वटा वडा रहेको यो नगरपालिका जिल्लाको सदरमुकाम समेत हो ।