सरला रेग्मी,
पाँचथर । संबिधान कार्यान्वयन पछिको दोस्रो स्थानिय तहको निर्वाचन सम्पन्न भएको छ । आठ स्थानीय तह रहेको पाँचथर जिल्लाको १ मात्र नगरपालिका फिदिम नगरपालिकामा रहेको छ । फिदिम नगरपालिकामा जम्मा मतदाता संख्या ३४ हजार १६ जना रहेका छन । १४ वटा वार्ड रहेको फिदिम नगरपालिका जिल्लाको सदरमुकाम समेत हो । १४ वटा वार्डको मतपेटिका आउनेक्रम जारी रहेको छ । टाढा भनेको १३ नम्बर वार्डको मतपेटिका पनि आइसकेको र अन्य वार्डको मतपेटिका आउदै गरेको जिल्ला प्रहरी कार्यलय प्रमुख राकेश थापाले जानकारी दिए ।
याङ्वरक गाउँपालिकामा २ वटा मतपेटिका आउन बाँकी, फालेलुङ गाउँपालिकामा ३ वटा मतपेटिका आउँन बाँकी, हिलेहाङ गाउँपालिकामा मतपेटिका आइसकेको ,मिक्लाजुङ गाउँपालिकामा ७ मतपेटिका आउँन बाकी, फाल्गुनन्दमा १ वटा आउँन बाँकी, तुम्बेवा र कुम्मायक गाउँपालिकामा सबै आइसकेको थापाले जानकारी दिए ।
फिदिमको हकमा राजनीतिक दलसँग सर्वदलीय बैठक पछि मतगणना कहिले गर्ने भन्ने निर्णय गर्ने निर्वाचन कार्यलयका सहायक निर्वाचन अधिकारी राजन सुबेदिले बताएका छन् । मतपेटिका आइनपुगेका पालिकाले मतपेटिका आइसकेपछी मात्र निर्णय गर्ने बताएका छन् ।
मतपेटिका आइसकेको कुम्मायक गाउँपालिकामा र तुम्बेवा गाउँपालिकामा सर्वदलीय बैठक बस्न लागेको र आजै राती बाट मतगणना गर्ने तयारी रहेको कुम्मायक गाउँपालिकाका निर्वाचन अधिकृत बिश्वजङ सिजापति र तुम्बेवा गाउँपालिकाका निर्वाचन अधिकृत सुवर्णमान बनेपालिले केन्जोखबरलाई बताएका छन् ।