पाँचथर । फिदिम नगरपालिकाकाे मत गणना सुरू भएकाे । १४ नम्बर वडाबाट मत गणना सुरू गरिएकाे छ । नगरपालिकामा २१ हजार ९ सय ३ मत खसेको छ । जम्मा मतदाता संख्या ३४ हजार १६ जना रहेका छन ।
१४ वटा वडा रहेको यो नगरपालिका जिल्लाको सदरमुकाम समेत हो ।यो नगरपालीकाको अबको नेतृत्वका लागि मेयर पदमा ६ जना उम्मेद्वार रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका साहायक निर्वाचन अधिकृत राजन सुवेदीका अनुसार फिदिममा मेयर, उपमेयर, वार्ड अध्यक्ष र सदस्य सहित २ सय १४ जना उम्मेद्वार रहेका छन् । चुनावबाट ७२ जना जनप्रतिनिधि छानिने छ ।
मेयर पदमा नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, नेकपा एकिकृत समाजवादीको सत्ता गठबन्धनबाट कांग्रेसका मित्रप्रसाद काफ्ले र उपमेयरमा माओवादीका राधाकृष्ण न्यौपाने प्रतिस्पर्धामा रहेका छन् । यस्तै, नेकपा (एमाले) र राप्रपाको गठबन्धनबाट मेयरमा एमाले पृथ्वी लावती र उपमेयरमा राप्रपाका जगत थापा प्रतिस्पर्धामा छन् ।