पाँचथर । कुम्मायक गाँउपालिकामा गठबन्धनमा उम्मेद्धारले सुरुवाती अग्रता लिएका छन् । कुम्मायक गाउँपालिकाकाे वडा नम्बर १ यासोकको पाँच सय ८३ मत गणना गर्दा अध्यक्षमा नेपाली काँग्रेसका बमप्रसाद लावतीले दुई सय ६० मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धि नेकपा (एमाले)का भिम सम्बाहम्फेले एक सय ८३ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा गठबन्धनबाट उम्मेद्धार बनेका माओवादी केन्द्रका महेन्द्र खड्काले दुई सय २८ मत प्राप्त गरेका छन् । उपाध्यक्षको प्रतिस्पर्धि एमालेकी सीता अचार्यले एक सय ७७ मत पाएकी छिन् ।