पाँचथर । कुम्मायक गाँउपालिकामा गठबन्धनमा उम्मेद्धारले १२६ अग्रता लिएका छन् । कुम्मायक गाउँपालिकाको वडा नम्बर १ यासोकको ८८१ मत गणना गर्दा अध्यक्षमा नेपाली काँग्रेसका बमप्रसाद लावतीले ३८४ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धि नेकपा (एमाले)का भिम सम्बाहम्फेले २५८ मत प्राप्त गरेका छन् । गाउँपालिकाको वडा नम्बर १ जम्म एक हजार सात सय ६२ मत रहेको छ ।
उपाध्यक्षमा गठबन्धनबाट उम्मेद्धार बनेका माओवादी केन्द्रका महेन्द्र खड्काले ३२२ मत प्राप्त गरेका छन् । उपाध्यक्षको प्रतिस्पर्धि एमालेकी सीता अचार्यले २४९ मत पाएकी छिन् ।