पाँचथर । हिलिहाङ १ को वडाध्यक्षमा नेपाली कांग्रेसका सन्तोष लिङदेन प्यानल सहित बिजयी भएका छन् । खसेको कुल मत मा लिङदेनले ७८४ मत प्राप्त गरेका हुन् ।
निकटतम प्रतिद्वन्दी एमालेका विष्णु लिङदेनले ४१२ मत प्राप्त गरेका छन् । निकटतमा प्रतिद्वन्दि नेकपा एमालेका विष्णु लिङदेनलाई ३७२ मतान्तरले पछि पार्दै सन्तोष निर्वाचित भएका हुन् ।
महिला सदस्यमा कांग्रेसकी कृष्ण कुमारी बेघा ७१६ मत ल्याएर विजयी भएकी छिन् । दलित महिलामा बिमला विश्वकर्मा ७३३ मत,खुल्ला सदस्यमा खड्क बहादुर राई ७४३ मत,सदस्यमा देवीप्रसाद कार्की ७५० मत प्राप्त गर्दै बिजयी भएको निर्वाचन अधिकृतको कार्यालय हिलिहाङले जानकारी दिएको छ ।