पाँचथर– पाँचथरको फालेलुङ गाँउपालीका–१ मा स्वतन्त्र उम्मेद्वार टेक बहादुर गुरागाँई (अनिश) वार्डध्यक्ष पदमा विजयी भएका छन् । नेपाली काग्रेसका युवा नेताका रुपमा रहेका गुरागाईले सत्ता गठबन्धनलाई चुनौती दिदै उम्मेद्वारी दिएका थिए ।
वार्ड अध्यक्ष सहितका पाँच पदमध्ये चार पदमा स्वतन्त्र उम्मेद्वार विजयी भएका हुन् । सत्तागठबन्धनबाट नेकपा एकिकृत समाजवादी पार्टीका श्रीप्रसाद जवेगुलाई ७६ मतले हराउदै गुरागाँई विजयी भएका हुन् । गुरागाँईले ३ सय ९५ मत प्राप्त गरेका थिए भने जवेगुले ३ सय १९ मत प्राप्त गरे ।
महिला सदस्य समाजवादी पार्टिका उम्मेद्वारले जितेकी छन् भने बाँकि स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् ।