फिदिम । फिदिम नगरपालिकामा १ नम्बर वार्डको जम्मा मत संख्या २ हजार ४ सय ८३ रहेको छ । अब ८३ मत गणना हुने क्रममा छ । जम्मा २४ सय मत गणना हुँदा काङ्ग्रेस गठबन्धनका सन्तोष मोक्तानले ९ सय ३४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका गजाधर भट्टराईले १२ सय ७८ मत प्राप्त गरेका छन् । दुई जनामा ३ सय ४४ मतान्तर देखिएको छ। त्यस्तै महिला वार्ड सदस्यमा एमाले सत्ता साझेदारि पक्षमा १२ सय ८३ मत र काङ्ग्रेस गठबन्धन ८ सय ५३ मत प्राप्त गरेका छन् । त्यस्तै दलित महिला तिर नेकपा एमालेको ११ सय ४ मत र काङ्ग्रेसले ९ सय ६२ मत प्राप्त गरेका छन् । खुल्ला सदस्य तर्फ नेकपा एमालेको १ हजार ९९ मत र नेपाली काङ्ग्रेसबाट ९ सय ३९ मत प्राप्त गरेका छन् । खुल्ला सदस्य तर्फ नेकपा एमालेले १ हजार २ सय मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसले ७ सय ९७ मत प्राप्त गरेका छन् ।
फिदिम १ नम्बर वार्डमा ८३ मत गणना हुन बाँकि अग्रता कस्को कति ?
फिदिम १ नम्बर वार्डमा ८३ मत गणना हुन बाँकि अग्रता कस्को कति ?
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस