पाँचथर । पाँचथरका सबै पालिकाहरुमा मतगणना जारी छ । केहि वडाहरुको मतगण्डा सम्पन्न भएको छ ।
हिलिहाङ १ मा कांग्रेस का सन्तोष लिङदेन
हिलिहाङ १ को वडाध्यक्षमा नेपाली कांग्रेसका सन्तोष लिङदेन प्यानल सहित बिजयी भएका छन् । खसेको कुल मत मा लिङदेनले ७८४ मत प्राप्त गरेका हुन् ।
निकटतम प्रतिद्वन्दी एमालेका विष्णु लिङदेनले ४१२ मत प्राप्त गरेका छन् । निकटतमा प्रतिद्वन्दि नेकपा एमालेका विष्णु लिङदेनलाई ३७२ मतान्तरले पछि पार्दै सन्तोष निर्वाचित भएका हुन् ।
महिला सदस्यमा कांग्रेसकी कृष्ण कुमारी बेघा ७१६ मत ल्याएर विजयी भएकी छिन् । दलित महिलामा बिमला विश्वकर्मा ७३३ मत,खुल्ला सदस्यमा खड्क बहादुर राई ७४३ मत,सदस्यमा देवीप्रसाद कार्की ७५० मत प्राप्त गर्दै बिजयी भएको निर्वाचन अधिकृतको कार्यालय हिलिहाङले जानकारी दिएको छ ।
हिलिहाङ २ मा एमालेका भीमप्रसाद हेम्ब्या
। पाँचथरको हिलिहाङ गाउँपालिका-२ मा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ ।
एमालेबाट दोश्रो कार्यकालका लागि भीमप्रसाद हेम्ब्या वडाध्यक्षमा विजयी भएका छन् । हेम्ब्याले ८१९ मत प्राप्त गर्दा गठबन्धनका दिलबहादुर बानियाँले ६२५ मत प्राप्त गरे ।
यस वडाका सबै वडा सदस्य पदमा एमाले विजयी भएको छ । वडा सदस्यहरुमा विष्णुकुमारी भट्टराई, पद्मा नेपाली, धनबहादुर तामाङ र यज्ञबहादुर थापा निर्वाचित भएका छन् ।
उक्त वडाबाट गाउँपालिका अध्यक्षमा एमालेले ६८६ मत प्राप्त गरेको छ भने गठबन्धनले ७०९ मत प्राप्त गरेको छ । यस्तै उपाध्यक्षमा एमालेले ६९३ मत प्राप्त गर्दा गठबन्धनले ५७७ मत प्राप्त गरेको छ ।
फालेलुङ ६ कांगेसका अमरवी राई
पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ६ मा कांगेसका अमरवी राईले एमालेको उमेद्धारलाई ४२ मतले हराउदै विजयी भएका छन् । गठबन्धनका अमरवीर राई ४१८ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्धन्दी एमालेकी पनिता राईले ३७६ मत प्राप्त गरेकी छिन् । उनि विजयी भए पनि घोषणा हुन बाँकी छ । अमरविर राइ सहित उनको सबै प्यानलनै विजयी भएका छन् ।
यस अघि उक्त वडा नेकपा एमालेले जितेको थियो ।
फालेलुङ १ मा स्वतन्त्र
पाँचथरको फालेलुङ गाँउपालीका-१ मा स्वतन्त्र उम्मेद्वार टेक बहादुर गुरागाँई (अनिश) वार्डध्यक्ष पदमा विजयी भएका छन् । नेपाली काग्रेसका युवा नेताका रुपमा रहेका गुरागाईले सत्ता गठबन्धनलाई चुनौती दिदै उम्मेद्वारी दिएका थिए ।
वार्ड अध्यक्ष सहितका पाँच पदमध्ये चार पदमा स्वतन्त्र उम्मेद्वार विजयी भएका हुन् । सत्तागठबन्धनबाट नेकपा एकिकृत समाजवादी पार्टीका श्रीप्रसाद जवेगुलाई ७६ मतले हराउदै गुरागाँई विजयी भएका हुन् । गुरागाँईले ३ सय ९५ मत प्राप्त गरेका थिए भने जवेगुले ३ सय १९ मत प्राप्त गरे ।
महिला सदस्य समाजवादी पार्टिका उम्मेद्वारले जितेकी छन् भने बाँकि स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् ।
फाल्गुनन्द-१ मा कांग्रेसका होम आङदेम्बे विजयी
पाँचथरको फाल्गुनन्द गाँउपालीका-१ सतारुढ गठबन्धनबाट नेपाली काग्रेसका होमप्रसाद आङदेम्बे विजयी भएका छन् । नेकपा (एमाले) र जसपाको गठबन्धनबाट उम्मेद्वार बनेकी जसपाकी शान्ती आङदेम्बे लाई ४ सय ८२ मतको अन्तरले पराजित गर्दै आङदेम्बे विजयी भएका हुन ।
आङदेम्बे सहित प्यानलनै विजयी भएको हो । आङदेम्बे यस अघिपनि वार्ड अध्यक्षमा विजयी भएका थिए । उनले ९ सय ८७ मत प्राप्त गरे । निकटम प्रतिद्वन्दीले ५ सय ५ मत प्राप्त गरेकी थिईन ।
यो कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेको वार्ड पनि हो ।
पाँचथरको मक्लिाजुङ गाउँपालकिा-८ दुर्दम्बिामा नेकपा (एमाले)को प्यानल नै वजियी भएको छ ।
उक्त वडाको वडाध्यक्षमा एमालेका रामेश्वर वाजी २०२ मतान्तरले वजियी भएका छन् । वाजीले ७१५ मत प्राप्त गर्दा गठबन्धनका नगेन लामाले ५१३ मत प्राप्त गरे । वडा सदस्यहरुमा एमालेबाटै सवनिा बराल, रुपमाया मगर, जनकुमारी पोखरेल र नोवनि गौतम वजियी भएका छन् । अघल्लिो पटक पन िप्यानल नै जतिेको एमालेले यहाँ आफ्नो शानदार उपस्थति िकायम राखेको हो ।
उक्त वडाबाट गाउँपालकिा अध्यक्षमा एमालेका नरेन्द्र बस्नेतले ५९० मत प्राप्त गर्दा गठबन्धनका अमरराज माखमिले ५७८ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा एमालेका धनमाया सारुले ६७० मत प्राप्त गर्दा गठबन्धनका सन्तकुमार शेर्माले ४९३ मत प्राप्त गरेका छन् ।
पाँचथरको याङवरक गाउँपालिका-१ मा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ ।
याङवरक-१ को वडाध्यक्षमा एमालेका राजेन्द्र खालिङ राई ५१० मत प्राप्त गर्दै विजयी भएका छन् । यहाँ गठबन्धनका लक्षुमन गुरुङले ४४० मत प्राप्त गरेका छन् ।
याङवरक-१ को वडा सदस्यहरुमा एमालेबाटै शान्ति राई, टुकामाया दर्जी नेपाली, नरबहादुर गुरुङ र धनराम ढुङ्गेल विजयी भएका छन् । उक्त वडामा गाउँपालिका अध्यक्षमा एमालेका सुवास योङयाले ५२० र गठबन्धनका मविन्द्र योङयाले ४९०, उपाध्यक्षमा एमालेका बाबा मेन्याङ्बोले ५०९ र गठबन्धनका अर्जुन बेघाले ४६९ मत प्राप्त गरेका छन् ।