पाँचथरको हिलिहाङ गाँउपालिका ४ का वडाध्यक्ष सिरि सिगुको कोरोना संक्रमणबाट निधन भएको छ । झापाको बी एण्ड सी अस्पतालमा बिहिबार बिहान अस्पतालमै वडाध्यक्ष सिगुको निधन भएको हिलिहाङ गाँउपालिकाका अध्यक्ष भवानी लिङदेनले जानकारी दिए ।
३६ वर्षिय श्रीप्रसाद सिगु बैशाख २७ गते अस्थाई कोभिड अस्पताल पाँचथरमा भर्ना भएका थिए । बैशाख २९ गते स्वास प्रस्वासमा समस्या भई थप उपचारको लागी झपाको बि एण्ड सि अस्पताल बिर्तामोड लगी उपचार भई रहेको थियो ।
पाँचथरमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या तीन पुगेको छ ।
कोरोना संक्रमणबाट वडाध्यक्ष सिगुको निधन
कोरोना संक्रमणबाट वडाध्यक्ष सिगुको निधन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस