पाँचथर । कुम्मायक गाँउपालिकामा गठबन्धनमा उम्मेद्धारले ४५५ मतको अग्रता लिएका छन् । कुम्मायक गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ को मत गणना सम्पन्न भएको छ । अब कुम्मायक गाँउपािलकामा एउटा वडा मात्र मत गणना हुन बाँकी छ ।
अध्यक्षमा नेपाली काँग्रेसका बमप्रसाद लावतीले २ हजार ४ सय ५४ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धि नेकपा (एमाले)का भिम सम्बाहम्फेले १ हजार ९ सय ९९ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा गठबन्धनबाट उम्मेद्धार बनेका माओवादी केन्द्रका महेन्द्र खड्काले २०८२ मत प्राप्त गरेका छन् । उपाध्यक्षको प्रतिस्पर्धि एमालेकी सीता अचार्यले १९११ मत पाएकी छिन् ।