फिदिम । पाँचथर जिल्लाको एकमात्र नगरपालिका फिदिम नगरपालिकाको स्थानिय तहको निर्वाचनको मत गणना जिल्ला समन्वयन समितिको सभा हलमा धमाधम भैरहेको छ । १,२,३, र १२,१३,१४ को मतगणना गर्दा जम्मा खसेको मत ८ हजार ८ सय ४ मा काङ्ग्रेस मेयरका तर्फ मित्रप्रसाद काफ्ले ४ हजार ३ सय ७४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पृथ्वी लावती ३ हजार ७ सय ५० मत प्राप्त गरेका छन् । प्रमुख पदमा ६ सय ३४ मतको अन्तर देखिएको छ ।
त्यस्तै उपमेयर तर्फ गठबन्धन (हसिया हथौँडा)का राधाकृष्ण न्यौपानेले ३ हजार ८ सय २१ मत प्राप्त गरेका छन् । नेकपा एमाले सत्ता साझेदारी राप्रपाका
जगत थापा मगरले २ हजार ८ सय ११ मत प्राप्त गरेका छन् । फिदिम नगरपालिकामा उपमेयर तर्फ १ हजार १० को मत अन्तर देखिएको छ ।
फिदिम नगरपालिकामा कुन वार्डमा कस्को विजयी :-
१, गजाधर भट्रराई ( एमाले)- १०७१
२, दिनानाथ अधिकारी ( एमाले)- ८२१
३,नरेन्द गुरुङ ( नेपाली काङ्ग्रेस) -५२१
१२,कमल चापागाईं (एमाले )- ९४२
13,दिलकुमार नेम्वाङ्ग चोलुङ (हसिया हतौडा) -1015
१४,राजकुमार नेम्वाङ (गठबन्धन )- ७११