तेह्रथुम । पूर्व प्रधानमन्त्रीको जन्मथलो समेत रहेको जन्मथलो एमालेको किल्ला रहेको तेह्रथुमको आठराई गाउँपालिकामा कांग्रेसका दिलकुमार पाहिम विजयी भएका छन् ।
गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसले ६ सय ८४ मतान्तरले विजयी भएको छ । उपाध्यक्षमा माओवादी केन्द्र १० मतान्तरले विजयी भएको छ । उपाध्यक्षमा माओवादी केन्द्रका बलिराज ईङनाम विजयी भएका छन् ।
अध्यक्षमा पाहिमले ४ हजार ६ सय ९२ मत प्राप्त गरे । उपाध्यक्षमा ईङनामले ४ हजार ८० मत प्राप्त गरे । एमालेका रामचन्द्र थपलियाले अध्यक्षमा ४ हजार ८ मात्रै प्राप्त गरे ।
एमालेकि रूपादेवि कन्दङवाले उपाध्यक्षमा ४ हजार ७० प्राप्त गरिन ।