तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकाको मेयरमा नेकपा एमालेका सञ्जयकुमार तुम्बाहाङ्फे विजयी भएका छन् । सोमबार बिहान सार्वजनिक मत परिणाममा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनबहादुर तुम्बाहाङ्फेलाई पराजित गर्दै सञ्जयकुमार मेयर निर्वाचित भएका हुन् ।
मेयरमा निर्वाचित तुम्बाहाङ्फेले ५ हजार ११७ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवारले ४ हजार ४७८ मतमात्रै प्राप्त गरेका छन् उपमेयरमा पनि एमालेकै जमुनादेवी सुवेदी निर्वाचित भएकी छन् । उनले ५ हजार २१० मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसकी पार्वती सानु डाँगीले ४ हजार ४१४ मत पाएको मुख्य निर्वाचन अधिकृत महेन्द्र प्रसाद पोखरेलले जानकारी दिए ।
मेयरमा विजयी संजय कुमार निवर्तमान नगर प्रमुख हुन् । एमाले संग पराजीत डांगी पनि निवर्तमान उपप्रमुख हुन् ।
एमालेले उपमेयरको टिकट नदिए पछि डांगी मनोनयन दर्ताको अघिल्लो दिन नेकपा एसमा प्रवेश गरेकी थिईन । लगत्तै गठवन्धनको तर्फ बाट रुख चिन्हमा कांग्रेसले डांगीलाई उपप्रमुखको टिकट दिएर मनोनयन दर्ता गराएको थियो ।