पाँचथर । जिल्ला समन्वय समितिको मञ्च अगाडी घाम, पानीको प्रभाह नगरी विभिन्न राजनीतिकदलका नेता, कार्यकर्ता चौविसै घण्टा बसिरहेका भेटिन्छन् । स्थानीय तहको मत परिणामको बेग्र प्रतिक्षा देखिन्छ ।
बुढापाका देखि तन्नेहरु मत परिणाम कुरी रहेका देखिन्छन् । उनीहरुले सोचेझै छिटो मतपरिणामा आएको छैन् ।
बैशाख–३० गतेदेखि सुरु भएको मतगणना अझै सकिएको छैन् । अबको तीनदिनभित्रमा फिदिमको मतगणना सकिने अपेक्षा राखिएको सहायक निर्वाचन अधिकृत राजन सुवेदीले जानकारी दिए ।
रातभरीपनि मतको प्रतिक्षामा बसेरीरहेको देखिन्छ । आफ्ना पार्टि, छिमेकी तथा आफन्तको मतपरिणामकालागि यस्तो प्रतिक्षा भएको देखिन्छ ।
जिल्लाका आठ स्थानीय तहमध्ये कुम्मायक गाँउपालीकामा मात्र मतगणना सकिएको छ । बाँकि गाँउपालीकाको केन्द्रमा मतपरिणामा सुन्नका लागि गाँउ गाँउबाट नेता, कार्यकर्ता तथा सुभचिन्तक भेला भएका छन् ।