काठमाण्डाैं ।स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले सानदार जित हासिल गरेको छ ।
सो पार्टीले हालसम्म मेयर तथा उपमेयर पदमा ३०३ स्थानमा विजय हासिल गरेको छ । सो संख्या नेकपा एमाले र माओवादी केन्द्रले जितेका मेयर र गाउँपालिका अध्यक्ष पदको कुल संख्या भन्दा धेरै हो ।
एमाले र माओवादी पार्टीले कुल ३०२ मेयर तथा गाउँपालिका अध्यक्ष जितेका छन् । स्थानीय तह निर्वाचनमा कतिपय स्थानमा सत्ता गठबन्धन भएको थियो । गठबन्धन काँग्रेसको हकमा धेरै स्थानमा सफल भएपनि गठबन्धनका अन्य दलमा उल्लेख्य प्रभावकारी नभएको नेताहरुले बताउँदै आएका छन् ।
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनाबाट ६८४ स्थानीय तहको अन्तिम नतिजा घोषण भएको छ ।