इलाम । इलामका १० वटै पालिकाका १ वटा वडामध्ये सबैभन्दा बढी वडाको अध्यक्ष नेपाली कांग्रेसले जितेको छ।
सबै पालिकाका सबै वडाको मतगणना सकिंदा कांग्रेसले ३, नेकपा (एमाले)ले ३१, नेकपा (एकीकृत समाजवादी)ले ६ र नेकपा (माओवादी केन्द्र)ले २ वटा वडाको अध्यक्ष जितेका छन्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, (जसपा), राष्ट्रिय जनमुक्ति पार्टी (राजमुपा) र स्वतन्त्र उम्मेदवारले १/१ वडाको वडाध्यक्ष जितेका छन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले ४७ र कांग्रेसले ३१ वटा वडाको अध्यक्ष जितेका थिए। त्यतिबेला माओवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राजमुपाले १/१ वडाको अध्यक्ष जितेका थिए। अहिले जसपाले समेत एउटा वडाको अध्यक्ष जितेको छ भने माओवादीले थप २ वटा वडाको अध्यक्ष जितेको छ। एमालेबाट विभाजित नेकपा (एस)ले ६ वटा वडामा विजय हासिल गरेको छ।
इलामका ८१ वटा वडाको अध्यक्षमा विजयी दलका उम्मेदवारको विवरण यस्तो छ: एमालेले अध्यक्ष जितेका वडा-: रोङ- ४,६ सूर्याेदय – २, १३ फाकफोथकथुम – ३, ५,६ देउमाई – १, २, ४,५,८ माई – २,४,५,७,८,९,१० इलाम-२,११,३ माइजोगमाई – १,४,५,६ सन्दकपुर – १, ५ माङ्सेबुङ – २,४,६। यस्तै कांग्रेसले अध्यक्ष जितेका वडा-: रोङ – १,३,५ सूर्याेदय – १,३,५,७,८,११,१४ फाकफोकथुम – १,२,४,७ देउमाई – ३,६,७,९ माई – १,३,६ इलाम – १,४,५,६,७,८,९,१०,१२ चुलाचुली – २,३,४,५,६ माइजोगमाई – २,३ सन्दकपुर – ३।
त्यस्तै नेकपा (एकीकृत समाजवादी)ले अध्यक्ष जितेका वडा-: सूर्याेदय – ४,६,९,१०,१२ सन्दकपुर – २। र नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष जितेको वडा-: माङ्सेबुङ – १,३। राष्ट्रिय जनमुक्ति पार्टीले अध्यक्ष जितेको वडा-: माङ्सेबुङ ५। यसैगरी जनता समाजवादी पार्टीले अध्यक्ष जितेको वडा-: सन्दकपुर ४। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अध्यक्ष जितेको वडा-: चुलाचुली १ र स्वतन्त्रले अध्यक्ष जितेको वडा-: रोङ २।