धरान । स्थानिय निर्वाचनमा स्वतन्त्र उम्मेद्बारी दिएका धरान उपमहानगर पालिकाका मेयर पदका प्रत्यासी हर्क साम्पाङ राईले जित्ने निस्चित भएको छ । सुरु देखिनै गठबन्धन र नेकपा एमालेसँग अग्रता बनाइ रहेका राई, आफुले जित्ने निस्चित भएपछि फेसबुक लाइभबाट सबै मतदान गर्नेलाई धन्यवाद दिएका छन् । उनले भने – यहाँ कुनै पार्टी हारेको होइन,यहाँ त धरानले जितेको हो ।
धरानमा पानीको समस्याय भष्टचारको बिषयमा आवाज उठाउदै आएका हर्क राई नेतृत्वसँग निराशा भएर नगर बिकासकै लागि मेयरमा आकांक्षी भएको बताउदै आएका थिए । भोलि अर्थात जेठ ९ गते विजयी जुलुसमा सहभागी हुन आफ्ना मतदातालाई अनुरोध गरेका छन् । अनुरोधमा उनले भनेका छन् -अबिर खादा लिएर नआउनुस, विजयि जुलुसमा सहभागी हुन भ्याउनु भएन भने पनि ठिक छ,तपाईंले दिएको मत नै तपाइको सहभागिता हो भन्ने हामिले बुझेका छौं ।
धराने जनताको हक र धरानको सरोवरी हित गर्ने लगाएत भष्टचारको हिजो पनि बिरोध गर्दै आएको र अब पनि भष्टचार हुन नदिने फेसबुक लाइभमा बताएका छन् । अन्त्यमा उनले भने – अबको दिनहरुमा तपाईंहरुको साथ र सहयोग बिना बिकास असम्भव हुने बताएका छन् ।
धरानमा ६२८९८ मत खसेको थियोे । जस मध्ये ५८२७७ मत गणना भएको छ । अब गणना गर्न ४६२१ मत बाँकी छ । निकटतम प्रतिद्वन्दी किशोर राईसँग हर्क ४१५९ मतले अगाडि छन् । १६ र १७ नम्बर वाडको मतगणना अन्तिम चरणमा रहेको र आज साझ ५ बजे सम्म अन्तिम नतिजा आउने बताइएको छ ।
ध्चष्तभ तय एचबप ब्कज ल्भउब
ि