सरला रेग्मी,
पाँचथर । पाँचथर जिल्लामा ७ गाउँपालिका र एक नगरपलिका रहेको जिल्ला हो । अघिल्लो स्थानिय तहको चुनावामा ५ गाउँपालिकामा उपाध्यक्ष र एक नगरपालिका मा उपप्रमुख गरि जम्मा ६ जना महिला उपप्रमुखको देखिन्थ्यो । भने ६० वटा वाडमा फिदिम नगरपालिका वाड नम्बर १० र फालेलुङ गाउँपालिका वाड नम्बर ६ मा महिला उपस्थिति थियो ।
तर यसपटक २ गाउँपालिकामा उपप्रमुखमा मात्र महिला उपस्थिति देखिएको छ । हिलिहाङ गाउँपालिकाकि उपाध्यक्ष सुमित्रा सेढाइ र याङ्वरक गाउँपालिकाकी उपाध्यक्ष पदमा बाबा मेयाङवो मात्र विजयी बनेका छन् । यसपटक अनिवार्य गरिएको महिला सदस्य र दलित सदस्य बाहेक अन्त महिला शुन्य देखियो ।
जिल्लामा दोस्रो स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा २ र अनिवार्य पदकालागि महिला सदस्यको उपस्थिती १ सय ८ जना देखिए पनि उपप्रमुख या प्रमुखमा महिला उपस्थिति घटेको हो । अघिल्लो निर्वाचनमा उपप्रमुख,उपाध्यक्षय वाडध्यक्ष र महिला सदस्य गरि १ सय १५ जना महिला उपस्थिति थियो।
जिल्लाको हकमा महिला उपस्थिति न्यून देखिएपनी समग्र स्थानीय तहको दोस्रो निर्वाचनमा आइपुग्दा स्थानीय शासनको नेतृत्वमा पुग्ने महिलाको संख्या अघिल्लोपटकभन्दा बढेको छ । निर्वाचन आयोगकाअनुसार २०७४ को चुनावमा पालिका प्रमुखमा चुनिने महिलाको संख्या जम्माजम्मी १४ थियो । यो कुल पालिका प्रमुखमध्येको १.८६ प्रतिशत मात्र हो । तर, यो संख्या अहिलेसम्म २२ पुगिसकेको छ, जुन कुल पालिका प्रमुखमध्ये २.९२ प्रतिशत हुन जान्छ ।
यो ७ सय ५३ मध्ये ६ सय ४५ पालिकाको नतिजा हो । त्यसैले यो संख्या थोरै भए पनि बढ्ने निश्चित छ । भरतपुर महानगरपालिका र हेटौँडा उपमहानगरपालिकामा महिला प्रमुख थपिने सम्भावना छ । महिला उम्मेदवारहरू फराकिलो अग्रतासहित जितनजिक छन् । भरतपुरमा माओवादीबाट रेनु दाहाल र हेटौँडामा नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता लिइरहेका छन् । यी दुई पालिकामा रेनु र मीनाले जितेमा महिलाले अगुवाई गर्ने पालिका संख्या २४ पुग्छ, जुन अघिल्लो चुनावको भन्दा करिब दोब्बर हुन्छ ।