चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल दोहोरिने सम्भावना बढेको छ । १ लाख १० हजार ४५४ मतगणना हुँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहालले निकटतम प्रतिस्प्रर्धीभन्दा १० हजार १२६ बढी मत ल्याएकी छन् ।
१ लाख २७ हजारभन्दा बढी मत खसेको भरतपुरमा अब १७ हजारको हाराहारीमा मत गन्न बाँकी छ ।
हालसम्म रेनुले ४४ हजार ३०५ मत प्राप्त गरेकी छन् । एमालेका विजय सुवेदीले ३४ हजार १७९ मत प्राप्त गरेका छन् । जगन्नाथ पौडेलले १३ हजार ५१५ मत प्राप्त गरेका छन् ।