नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ ।स्वास्थ्यमा समस्या आएपछि भण्डारीलाई उपचारका लागि झापाको बिर्तासीटी अस्पताल लगिएको थियो । बैशाख ३१ गते अस्पताल भर्ना भएका भण्डारीलाई भेन्टिलेटरमा लाखेर उपचार गरिएको थियो ।
स्वासप्रश्वासमा समस्या आएर अस्पताल भर्ना भएका उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । भण्डारीको शनिबार दिउँसो ४ः३० बजे निधन भएको हो ।
भण्डारीको शवलाई शनिबार राती फिदिम ४ स्थित कोशी किनारमा नेपाली सेनाको रणशेर गणको टोलीले अन्त्यष्टि गरेको छ ।
पाँचथरको हिलिहाङ गाँउपालिका ५ सुभाङमा बि.सं. २०२७ सालमा जन्मिएका भण्डारीका श्रीमति सहित एक छोरा र दुई छोरी छन् । सदरमुकाम फिदिमलाई कर्मक्षेत्र बनाएका भण्डारी डेढ दशकदेखि पत्रकारीमा क्रियाशिल थिए ।
ट्रेड युनियन कांग्रेस पाँचथरका कार्यबाहक अध्यक्ष समेत रहेका भण्डारी नेपाल प्रेस युनियन पाँचथरका केन्द्रिय प्रतिनिधि समेत रहेका थिए । उनी फिदिम स्थित कञ्चनजंघ एकेडेमिमा प्राध्यापनरत थिए । नेपाल पत्रकार महासंघ पाँचथर शाखाले ३ दिन शाेक मनाउदै कार्यालय बन्द गर्ने भएकाे छ । १९ गते देखि २७ गते सम्म शाेक पुस्तिका राखिने महासंघले जारि गरेकाे शाेक विज्ञाप्तिमा जनाईएकाे छ । भने नेपाल प्रेस युनियन पाँचथर शाखाले उहाँ सम्मानकाे लागि ५ लाखकाे एकराज स्मृति पत्रकारिता पुस्कारकाेघाेषणा गरेकाे छ ।