गिरिराज बाँस्कोटा,
पाँचथर । धेरै चर्चामा आईरहने ताप्लेजुङको ओलाङचुङगोलामा कहिले सडकआईपुग्ला भन्ने आशमा स्थानीय बासिन्दा रहेका छन् । उत्तर दक्षिण (ओलाङचुङगोला) लोकमार्ग अन्तर्गतको तमोर कोरीडरकोकाम सुकेपानी भन्ने ठाँउमा पुगेर रोकिएको छ ।ओलाङचुङगोला बासि कहिले गाडीको बाटो बन्छ र सुविधा पाईन्छ भन्ने आशमा बसिरहेका छन् ।ओलाङचुङगोलमा नेपाल–चिन सिमाना टिप्तलाबाट सडक आईपुगेको छ । तर ताप्लेजुङहुदै जाने उत्तर–दक्षिण लोकमार्ग अन्तर्गतको सडकको अपेक्षा यहाँका बासिन्दाको छ ।
चिनसँग जोडिने भएकाले यो सडक महत्पूर्ण छ । चिनसँग जोडिएको टिप्तलादेखि भारतसँग जोडिएको रानी भन्सार ३ सय किलोमीटरमा पर्दछ । पर्याप्त बजेट नहुँदा उत्तर दक्षिण ओलाङचुङगोला लोकमार्गको काममा ढिलाई हुदैँ आएको छ । हिमाली क्षेत्रका बासिन्दालाई सुविधा पु¥याउनमात्र नभई उत्तरी–दक्षिण जोड्ने छोटो सडक भएपनि पर्याप्त प्राथमिकता पाएको देखिदैन् ।कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्ने यो सडकमा विष्पोटन गराउन तथा रुख काट्ने अनुमती नभएको भन्दै काम रोकिएको छ ।
विष्पोट गरेर बाटो बनाउन अनुमति प्राप्त भएको छैन् । रोकिएको ठाँउबाट दुई किलोमीटर टाढा रहेको रामछ्याङ पार्टिसम्म ओलाङचुङगोलाबाट सडक आएको छ । चिनको टिप्तलादेखि ओलाङचुङगोलासम्म विभिन्न क्षेत्रबाट सहयोग जुटाएर सडक बनाइएको थियो ।नेपाल सरकारलाई भार नपर्ने गरी चिनियामेसीन प्रयोग गरेर बाटो खनिएको थियो । ओलाङचुङगोलामा जन्मिएर काठमाण्डौँ, अमेरीका लगायतका ठाँउमा रहेको सहयोगमा ओलाङगोलमा सडक ल्याईएको थियो । गोलादेखि १० किलोमीटर तलसम्म नेपाल सरकारको बजेटले चिनियामेसीन लगाएर ट्रयाक खुलाइएको थियो ।
खुलेको ट्रयाक पनि धेरै ठाँउ भत्किएको छ । ओलाङचुङगोलासम्म चिनियासरकारले स्तरउन्नती गर्ने गरी तयारी भएपनि कोभिड पछि काम अघि बढ्न सकेको छैन् ।ट्रयाक खोल्नेदेखि स्तरउन्नतीका काम अघि बढेमात्र यो क्षेत्रका बासिन्दाले सुविधा पाउने देखिन्छ । पुरानो सडकसँग जोडेरट्रयाक खुलेमात्र पनि गाडी चिनसम्म पुग्ने अवस्था छैन् । पुरानो ट्रयाक जतासुकै भत्किएको छ । त्यसलाई बनाउन पनि ठुलो बजेट आवश्यक हुने देखिन्छ । यतिमात्र हैन खोलामा पुलहरु बनाउनु पर्ने हुन्छ ।
खुलेको सडकपनि जोखिमपूर्ण रहेको छ । पाँचथरको सुभाङखोलादेखि टिप्तलासम्म १ सय २१ किलोमीटर रहेको छ । सुभाङखोलमा तमोर कोरीडर भेटिन्छ । सुनसरीको चतरादेखि पाँचथरको गणेशचोसम्म जोड्ने तमोर कोरीडर कालोपत्रे गर्ने चरणमा पुगेको छ । टिप्तलादेखि चतरा २ सय ५२ किलोमीटर रहेको छ । धनकुटाको मुलघाटदेखि भेडेटार–धरान हुदँै रानी भन्सार तीन सय किलोमीटरमा पुग्छ ।
यो सडक ओलाङचुङगोलाबासिको भविष्यसँग जोडिएको छ ।इलाडाँडाभन्ने ठाँउसम्म गाडी चल्छ । सडकभने डरमर्दो रहेको छ । इलाडाँडादेखि ओलाङचुङगोलासम्म खच्चडमा भारी बोकउदा प्रतिकेजी ५० रुपैँया भाडा तिुर्न पर्छ ।गाडी पुगेपछि इलाडाँडासम्मको भाडा भने सस्तीएको छ । इलाडाँडामा प्रतिकेजी १० रुपैँया भाडामा ताप्लेजुङ सदरमुकाम फुङलिङबाट सामान आईपुग्छ ।
उत्तर–दक्षिण जोड्ने महत्पूर्ण सडक भएकाले सरकारको विशेष प्राथमिकता दिनु आवश्यक छ । पर्याप्त बजेट व्यवस्थापन गर्ने, सडक बनाउन सहजता दिनेका आवश्यक छ । पुराना ट्रायाक मर्मत, पुल निर्माण गरी हिमाली क्षेत्रको बासिन्दालाई सुविधादिनमात्र नभई सडकमार्गबाट उत्तरदक्षिण जोड्ने कामलाई तिव्रता दिन आवश्यक छ ।