सरला रेग्मी,
धरान । मोफसलबाट तीसको दशकमै प्रकाशित साहित्यिक पत्रिका ‘संकल्प’ की प्रकाशक तथा सम्पादक समेत रहेकी कुन्ता शर्मा । महिलाको पीडा बोकेर पुरुषद्वारा नारीहरूप्रति गरिएका थिचोमिचो माथि कविताका माध्यमबाट कडा व्यङ्ग्यप्रहार गर्ने कुन्ता शर्मा नेपाली साहित्यकी सशक्त नारी हस्ताक्षर हुन् । कुन्ता शर्मा नेपाली साहित्य क्षेत्रको चिरपरिचित नाम हो । उनले निरन्तर आफ्ना सिर्जनामार्फत महिला उत्पीडन र महिला आन्दोलनका विषय उठाउँदै आएकी छन् ।
शर्माले पित्तृसतात्मक समाज र महिलाहरुले पाउँदै आएका दु:ख पीडालाई लिएर विसं २०४२ सालतिर ‘पोथी बास्नु हुदैनु’ भन्ने कविता रचेकी थिइन् । पुर्व शिक्षिका, साहित्यकार तथा पुर्व सांसद समेत रहेकी उनै कुन्ता शर्मासँग उनकै गृहजिल्ला धरान पुगेर केन्जो खबरले गरेको कुराकारी –
अहिले तपाईं के मा व्यस्त हुनुहुन्छ ?
अहिले त म बिशेष समय म मेरा नाति नातिनिलाई दिन्छु । अनलाइन अन्तरवार्ता, जोम मिटिङ र बाँकी समय लेखन मै बित्छ ।
उमेरले पाको, कपाल फुलेका छन् ,यो उमेर भजन कृतन गर्ने होइन र ?
आफुले सिकेको ज्ञान अनुरुप व्यबहार गरिदो रहेछ । सानै देखि भजन कृतनमा हामी अब्यस्त भएनौ । त्यो खालको परिवार थिएन । बुवाको देवि देवता तिर मन गएर, पछि जब बामपंथी आन्दोलनमा लागिसकेपछी त धर्मलाइ एकखालको अफिमको रुपमा हेर्यौ । इश्वर बिना पातपनी हल्लिदैन भनेपछी जस्ले हामिलाई जति सुकै अन्याय गरेपनी त्यो इश्वरकै आदेश जस्तो भयो । दु:खको कारण खोज्न नथालेर सबै इश्वरको टाउकोमा हाल्न सकिएन । समाज परिवर्तनमा लागियो जस्ले गर्दा भजन कृतन तिर ध्यान नै गएन ।
तपाइँले पितृसत्तात्मक समाजलाई मुक्का हान्ने गरि ‘पोथी बास्नु हुदैन’ भन्ने कबिता संग्रह ल्याउनु भयो महिलाका बिषयमा लेख्न मन कसरी जाग्यो ?
पहिलो कुरा के भयो भने म अन्याय पटक्कै नसहने, मेरो बुवा त्यस्तै हुनुहुन्थ्यो । त्यही परिवेशमा हुर्किदा अन्याय सहन सकिन्न रहेछ । २०३० साल देखि संग्रह निकाल्न थाले, म महिला भएकै कारण महिलाका कुरा लेख्न मन लाग्यो । फेरि २०४९ सालमा म माथी भुङ्रो खनियो । श्रीमान सँगको सम्बन्धले पुर्ण बिराम लाग्ने अवस्था आयो । म त्यो बेला बिकम बिएड गरेकी माइतबाट पाएको सम्पतिमा बस्ने । म त उत्पीडनमा परे भने अन्य महिलाको अवस्था कस्तो हुन्छ होला र ? गर्भवती अवस्थामा श्रीमानले चरीत्र हत्या गरेर हिड्यो, म महिला परिवर्तनको भाषण गरेर हिड्छु, म महिला आन्दोलनमा लागेको छु, साहित्य पत्रीकाको सम्पादक र त म सँग यस्तो हुन्छ भने अरु महिलालाई कस्तो होला ? मलाइ लाग्यो महिला हुनु जस्तो अफ्ट्यारो अरु त होइन रहेछ । महिलाका बिषयमा अब लेख्नै पर्छ भन्ने लाग्यो र ‘पोथी बास्नु हुदैन’ ‘हामी सहदैनौ’ र धातु तिनवटा कबिता निकाले । जस्ले मलाइ स्थापित गर्यो र म त्यो जटिल परिस्थितिबाट निस्कन सके ।
एकल महिला, पारिवारिक अवस्था पुर्ण थिएन, साना बाल बच्चा कसरी लेखन देखि राजनितिक जिवनमा टिक्न सक्नु भयो ?
एउटा कुरा चै के भने म राम्रो परिवारमा हुर्के, मैले बुवाले आमालाई अपशब्द बोलेर गाली गरेको सुनिन, बाल्य अवस्था सकारात्मक सोच र प्रेममय वातावरणमा हुर्किएको कारण पनि सधै उर्जा मिल्यो ।म त्यस्तो परिस्थिमा उभिनु सक्नुमा मैले बाल्यकालमा पाएको वातावरण नै हो ।
तपाईंले हिजोका महिलाको अवस्था र आजका महिलाको अवस्था पनि देख्नु भएको छ के फरक पाउनु भएको छ हिजो र आजका महिलामा ?
परिवर्तन छ, हिजो र आजका महिलामा, राजनैतिक देखि हरेक क्षेत्रमा महिलाको उपस्थिती बाक्लो छ । जे भएपनी निर्णयाक तहमा महिला पुग्नु सकारात्मक पक्ष हो । केही परिवर्तन छ तर महिलाको केसमा उत्पिडन फरक छ, उत्पीडनको स्वरुप मात्र परिवर्तन भएको छ। महिलालाइ बजार बनाउने, साधन बनाउने, अनि अर्को छोरि भ्रुड हत्या बढेको छ । बलात्कार बढेको छ, महिला हिंसा, ह्यारेस्मेन्ट बढेको छ ,यो उत्पिडनको स्वरुप चै परिवर्तन भएको हो। घरी घरी त मलाइ भानुभक्त आचार्यको समय बद्लिएको छैन जस्तो लाग्छ । महिला अहिले पनि हास्न पाउदैन, किन महिलालाई तान्न गैइस भन्दा ती महिला हासी अनि ताने भन्छन् । भानुभक्तले भनेका थिए –
‘हाँस्नू छैन कदापि नारिहरुले बेश्या हुने हाँस्तछन् ।
बेश्या लौ नहउन् तथापि घरको काम् ती सबै नास्तछन् ।
यो हेर्दा परिवर्तन छैन कि जस्तो पनि लाग्छ तर अहिले स्ट्यान्ड लिन थालेका छन् । आर्थिक रुपले सक्षम हुन थालेका छन् ।अब महिलाले उत्पिडन सहदैनन् ।
अन्य चिज जसरी परिवर्तन भएको छ ,महिलाहरु त्यसरी परिवर्तन भएका छैनन् यस्को जिम्मेवार को हो ?
स्वयंम आफै,जब हामी पढेलेखेका छौ,आफ्नो खुट्टामा उभिएका छौ भने अरुले हामिलाई प्रयोग गर्दैनन् । अझै पनि आफै कमाउने महिलाहरुमा पनि कुनै पुरुष या श्रीमान बिना बाच्न सक्दिन भन्ने धारणा छ जुन बिल्कुल गलत हो । यातना सहेर बाच्न सक्ने एक्लै बाच्न नसक्ने हुन्छ र भन्या ? पहिलाको समय छैन अहिले, ‘छोरिलाई डोलिमा पठाएर जा अनि कात्रो ओडेर मात्र निस्की’ भन्ने जमाना हटि सक्यो । म भनेको म हुँ भनेर बाच्नु पर्यो । जब सम्म म भन्ने चेतना आउदैन परिवर्तन गार्हो छ । फलानाको छोरी, श्रीमती, बुहारी भन्दा पहिला म हुँ भन्नू पर्छ, अनि मात्र परिवर्तनको रुप फेरिन्छ । म कुनै लहरामा फैलिएको लतिका होइन,म एउटा शिखरमा उभिएको वृक्ष हुँ भन्ने ठान्नु पर्छ ।
तपाई राजनैतिककर्मिपनी यो पटकको निर्वाचनले महिला उपस्थित स्वाहा भएको छ, यस्लाइ कसरी हेर्नू भएको छ ?
यो एकदम अस्वस्थ छ । किन अस्वस्थ छ भने यो बिपरित बिचारको गठबन्धन हो । काङ्रेस, कम्युनिस्ट र मधेसी भनेको नितान्त फरक बिचारधारा बोकेर हिडेका सिद्धान्त एकै ठाउँमा आँउनु नै अस्वस्थ मानेको छु । समग्रमा हेर्दा गठबन्धन महिलामैत्री देखिएन । किनकी एमालेले महिला प्रमुख दिएको ठाउँमा गठबन्धनले पनि महिला नै प्रमुख दिनुपर्थ्यो तर वहाँहरुले सक्नु भएन । त्यस कारण यो स्वच्छ प्रतिस्पर्धा भएन । यसले निर्णयक तहमा महिला धकेलिए जस्तो लाग्यो ।
महिला सशक्तीकरण गर्नकालागी स्थानिय सरकारले कस्ता नीति बनाउनु पर्छ ?
महिलालाई आत्मनिर्भर बनाउने नीति ल्याउनु पर्छ । तालिम ,आर्थिक सहयोग, सुबिधायुक्त कर्जा, जसरी भए पनि महिलालाई निर्भरताका लागि स्थानिय सरकारले नीति ल्याउन पर्छ । शक्ति स्थानिय सरकार नजिक छ तसर्थ महिला सकृय बनाउन नीति ल्याउनै पर्छ ।
तपाईले शिक्षिका, साहित्यकार र सांसद सम्मको यात्रा कसरी तय गर्नु भयो
अब यात्रा त एकदम कष्टकर भयो । २७ बर्षमा बिबाह गरे, बुबा आमाले मलाइ वृद्ध अवस्थामा जन्माएको, घर र माइतको व्यवहार हेर्नू पर्यो । पैतृक सम्पती भए पनि चलयमान सम्पती थिएन ।जस कारण घरमा पनि समस्या भयो । तर जस्तो परिस्थिति आएपनी सकारात्मक सोच्न कहिले छोडिन । मनमा त्यसै उर्जा आउथ्यो । उर्जा कहिले हराउदैन, ७७ बर्ष पुगे शरिरमा उर्जा छैन तर मनमा अझै त उर्जा छ । यी सबै कुराले गर्दा यी यात्रा तय भएका हुन जस्तो लाग्छ । पहिला शिक्षिका थिए, आफ्नै कथा व्यथाले लेख्न मन लाग्न थाल्यो, शुरुवात देखि नै महिला आन्दोलनमा सकृय नै थिए, पछि जागिर छोडेर राजनितिमा आए ।
यो उमेरमा पनि लेख्न जागर कहाँ बाट आँउछ ?
म भित्र भएको सकारात्मक सोच र उर्जा नै हो लेखक बनाउने जागर ।
बिशेषगरि कस्तो समयमा लेख्नु हुन्छ ?
लेख्नलाई मेरो पहिला शरीर स्वस्थ्य हुनुपर्छ । म रातको समयमा सबै सुतेपछी लेख्छु ।
अबको आउने कबिता संग्रहमा कस्ता कविता छन् ?
अब आउने कवितामा पनि सामाजिक समस्याहरु नै लेखेको छु । मलाइ आरोप छ यस्ले महिलावादी कविता लेख्छे भनेर त्यसकारण यसपल्ट महिलाका बिषय उठाएको छुइन । अब आउने संग्रहमा सामाजिक, वातावरणिय समस्या, सामाजिक सुरक्षा, केही महिला उदण्ड भएर निस्किएका छन् । महिलाले पाएको सुबिधाको दुरुपयोग गर्दै छन् ।त्यो बिषयमा पनि लेखेको छु । लेखक समाजमा बस्ने हुँदा यहि समाजको चित्रण गरेको छु ।
अन्त्यमा संघर्षरत महिलालाई के भन्नू हुन्छ ?
सबैभन्दा पहिला त आफुलाइ मानव सम्झिनु, आफुलाई लहरा थाङ्रा होइन वृक्ष सम्झिनु । शक्तिको खानी हो महिला, आफ्नो शक्ति चिन्नुस । तपाइँ बिना घर, चुलो त के संसार चदैन। अन्याय नसहनुस, कमजोर नहुनुस, आत्मबल र आत्मसम्मानको साथ बाच्नुस । तपाइँ सृष्टिको अनुपम उपहार हो भन्ने सम्झिनुस ।
सधैं सधैं घरका धुरीहरूमा
आँगनहरूमा, बार्दलीहरूमा‘
घाँटी तन्काउँदै, सिउर हल्लाउँदै
बस्ने काम भालेको हो
आवाज उकास्ने काम भालेको हो ।
पोथीले मात्र कुर्कुराउनु पर्छ
आक्रोसका घुड्काहरू चुपचाप निल्नु पर्छ
अण्डा पार्नु पर्छ, ओथारा बस्नु पर्छ
चल्ला काढ्नु अनि
तन्मयतापूर्वक बच्चा हुर्काउनु पर्छ
उन्मुक्त हाँसो हाँस्नु हुदैन
पोथी बास्नु हुदैन ।
तौलीतौली बोल्नु पर्छ
शब्दमा आदरभाव घोल्नु पर्छ
पाउमा निहुरिनु पर्छ
दासताको फूल सिउरिनु पर्छ
लक्ष्मण रेखा नाघ्नु हुदैन
अधिकार माग्नु हुदैन
उन्मुक्त हाँसो हाँस्नु हुदैन
पोथी बास्नु हुदैन ।
आँसु हतियार हो
मुस्कान हतियार हो
स्थिति अनुसार प्रयोग गर्नु पर्छ
परिस्थिति अनुसार उपयोग गर्नु पर्छ
साँचो कुरा बोल्नु हुदैन
अन्धकारको पर्दा खोल्नु हुदैन
उन्मुक्त हाँसो हाँस्नु हुदैन
पोथी बास्नु हुदैन ।
टेक गर्नु हुदैन
थुनछेक गर्नु हुदैन
मालिक मालिक रट्नु पर्छ
यन्त्र जस्तो भएर खट्नु पर्छ
नयाँ परिवेशमा टेक्नु हुदैन
नयाँ विचार राख्नु हुदैन
उन्मुक्त हाँसो हाँस्नु हुदैन
पोथी बास्नु हुदैन ।
बासेमा के हुन्छ रु
साह्रै अनिष्ट हुन्छ
नीति नियम रुष्ट हुन्छ
ठूलो अवरोध सहनु पर्छ
आँसुको नदीमा बग्नु पर्छ
सपना तुहिन सक्छ
जीवन चुँडिन सक्छ
ओथारोको अण्डा
त्यसै त्यसै कुहिन सक्छ
चल्लाको कलिलो जीवन
नफुल्दै झर्न सक्छ
प्रहार हुन सक्छ
संहार हुन सक्छ
त्यसैले चेतनाको डाक बोल्नु हुदैन
अन्धकारको पर्दा खोल्नु हुदैन
उन्मुक्त हाँसो हाँस्नु हुदैन
पोथी बास्नु हुदैन ।
अवरुद्घ चेतना
कहिलेकाँही प्रवाहित हुन खोज्दा
जडताको विरुद्घ
गतिशीलताको पाइला चाल्न खोज्दा
उज्यालोले कुत्कुत्याए पछि
आँटिला मुटुहरूले मुख खोल्दा
साँचो कुरा बोल्दा
आतङ्कित बर्बरताहरू
एकैपल्ट ब्यूँझिएर
जीवनको विरुद्घ
मृत्युघण्ट ठोक्न सक्छन्
एकोहोरो शंख फुक्न सक्छन्
त्यसैले ठूलो आँट नलिइ
दरिलो साथ नलिइ
काँडाघारीमा पस्नु हुदैन
उन्मुक्त हाँसो हाँस्नु हुदैन
पोथी बास्नु हुदैन ।