केन्जो खबर
पाँचथरमा । तमोरमा एक व्यक्ती डुबेको देखिन्छ । ती ब्यक्तिलाई बचाउन एउटा बोट परबाट आएको देखिन्छ । एक हुल मान्छे आएर ती डुबेका मृत व्यक्तिलाई किनारा लगाउन सहयोग गर्छन् । फेरि अर्को तिरबाट बचाउ बचाउ आवाज आउँछ, कोहि झोलुङे पुलबाट तल डोरिको माध्यमबाट खस्छन त कोहि बोटबाट ती व्यक्तिको उद्धार गर्छन् । सामान्य चोट लागेकोमा प्राथमिक उपचार पनी गर्छन् ।
यो हेर्दा तमोरमा ठुलै बिपत आए झै लाग्छ तर यो बिपत साच्चिकैको होइन। यो बिपत आउनु पुर्व नै कृतिम तयारी अभ्यास प्रदर्शन गरेको हो । जिल्ला प्रशासन कार्यालय पाँचथरको संयोजकत्व र पाँचथरका सुरक्षा निकायको सहकार्यमा विपद् व्यवस्थापन सम्बन्धी “विपत व्यवस्थापन कृर्तिम अभ्यास गरिएको हो । अभ्यास कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तालिम प्राप्त सुरक्षाकर्मीहरुले उत्त प्रदर्शन गरेका हुन् ।
बर्षायाम शुरुभएको छ जिल्लामा जोखिम आइहाले कसरी व्याबस्थापन गर्ने भन्ने तयारी हो । बर्खा लाग्नु पुर्व नै जिल्लामा रहेका प्रहरिलाइ बिपत व्यबस्थापन गर्न तीन देखि डिजास्टर म्यानेजमेन्ट सम्बन्धी तालिम दिइएको थियो। जिल्लामा ३नै वटा सुरक्षा निकाय समाबेश भएर उत्त अभ्यास प्रदर्शन गरिएको हो ।
जिल्ला बिपत ब्याबस्थापन समितिका अध्यक्ष जिल्ला प्रमुख अधिकारिको उपस्थितिमा शुक्रबार डेमोष्टेसन सम्पन्न भएको हो। बाढिको बढि जोखिम क्षेत्र,पहिरोजान् सक्ने सम्भाब्य क्षेत्र ,आगलागिका क्षेत्रहरू लगाएत चट्याङ यस्ता बिभिन्न बिपतका घटना व्यबस्थापन गर्न बिगत देखि नै जिल्ला प्रशासन बाट भैरहेको जिल्ला प्रमुख अधिकारी सुरेश न्यौपाने बताउछ्न।
पाँचथर र तेह्रथुम जिल्लाको सिमा भएर बग्ने तमोर नदिमा बिपत सम्बन्धी किर्तिम अभ्यासमा स्थानिय सरोकारवालाको, नगरपालिका प्रमुख तथा जिल्ल समन्वय समिती प्रमुखको पनि उपस्थिती थियो ।
जिल्लामा विपत जोखिम न्यूनीकरण गर्नका लागि जिल्ला समन्वय समितीले पालिका तथा नगरपालिकाले वाडलाई परिचान गरि सुरक्षा निकाय सङ सहकार्य गरेर जिल्लालाई जोखिम मुक्त बनाउने बताएका छन् ।
बाढी पहिरोमा परेका लाई कसरी उद्वार गर्न सकिन्छ त्यस्को डेमोष्टेसन गरिनुको साथै मृतकलाई कसरी झिक्ने, पानीमा डुबेकालाई कसरी उद्धार गर्न सकिन्छ जस्ता अभ्यास गरिएको थियो। उद्वार सामाग्रीहरु बोट, डोरि, सुरक्षा ज्याकेट, हेलमेट लगाएतका सामाग्रीको प्रदर्शन गरिएको थियो ।