पाँचथर– पाँचथरमा संक्रमितको घरमा पुगेर स्वास्थ्य अवस्था, समस्या बुझ्ने कामको सुरुवात भएको छ । सदरमुकाम फिदिम आसपासमा रहेका घरहरुमा संक्रमतिको अवस्था बुझ्नका लागि मंगलवार तीनवटा टोलि परिचालीत भएको थियो ।
कोरोना संक्रमित होम आईसुलेसनबाट बाहिर निस्कीएको, संक्रमीतको अवस्था बारे जानकारी लिने कोहि नभएको भन्ने गुनासो बढेपछि संक्रमितलाई भेट्न टोली खटिएको हो । जिल्ला समन्वय समित प्रमुख विष्णु प्रसाद सापकोटाको नेतृत्वमा फिदिम–४, प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालको नेतृत्वमा फिदिम–१ र प्रमुख प्रशासकिय अधिकृत अम्बिका अधिकारीको नेतृत्वमा टोली खटिएको थियो । टोलीले संक्रमितको घरमा पुगेर स्वास्थ्य अवस्था बुझ्ने काम गरेको छ । टोलीमा स्वास्थ्यकर्मी समेतको सहभागिता रहेको थियो ।
वार्ड अध्यक्षहरु सहित टोली संक्रमितको घरमा पुगेको हो । नेपाल प्रहरीका डिएसपि दान बहादुर थापा, शसस्त्र प्रहरीका डिएसपि किशोर कुमार श्रेष्ठ, स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदी, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपाल, रेडक्रसका सभापती कृष्ण बाँस्कोटा, पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटा, फिदिम–१ का वार्ड अध्यक्ष गजाधार भटराई, २ का सुकपाल तुम्बापो, ४ का प्रकाश गुरुङ लगायतको टोली घरघरमा पुगेको हो ।
संक्रमितलाई स्वास्थ्य लाभको कामना गर्ने, औषधी, सेनिटाईजर, मास्क उपलब्ध गराउने, वाहिर नहिड्न अनुरोध गर्ने, आफन्तलाई सचेत गराउने तथा निशेधाज्ञाको अनुगमन गर्ने काम भएको हो । यो कामलाई निरन्तरता दिइृने प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।