पाँचथर । गायिका इन्दिरा जोशीले आफ्नो हालै रिलिज भएको ‘पछ्यौरी’ गीतमाथि भइरहेको आलोचनाका विषयमा बोलेकी छन् । शनिबार आफ्नो फेसबुक वालमा लेखेकी छन् “खोतल्दै जाँदा यस्तो पो देखियो त… बेकारमा टन्नै आलोचना खेप्नु पनि… अबदेखि इन्टरनेसनल स्टाइललाई नेपाली स्टाइलमा समावेश नगर्दा नै बेस होला,” इन्दिराले फेसबुकमा लेखेकी छन्, “अरूले त्यही काम गर्दा स्टाइल र ट्रेन्ड हुन्छ, तर हामी आफूले प्रयोगमा ल्याउँदा कपी । साउन्ड र टेक्नोलोजीको ज्ञान र प्रयोगमा हामी पछि छौँ । धेरै पछि । तर, विचारमा त झनै पछि रहेछौँ ।”
धेरैजनाले रुचाएको यो गीतको संगीत अंग्रेजी गीतसँग मिल्दोजुल्दो भएको भन्दै आलोचना भएको थियो ।
उक्त गीतको ‘हुक म्युजिक’ जेसन डेरुलोको ‘टल्क डर्टी’सँग मिल्दोजुल्दो भएपछि आलोचना भएको हो । यस विषयमा केही दिनको मौनतापछि इन्दिराले जवाफ दिएकी छन् ।
उनले आफ्नो गीतको संगीत टल्की डर्टीको ‘कपी’ नभएको भन्दै उक्त गीतको लिंक समेत पोष्ट गरेकी छन् ।