सरला रेग्मि, पाँचथर। जोरसालमा लाग्ने औंशि पुर्णिामा हाट फेरि लाग्ने निर्णय वार्ड नम्बर ४ ले गरेको छ । बर्षौ पहिले औशी र पूर्णिमा हाट लाग्ने यो स्थलमा २०४५ साल देखि बन्द भएको थियो । स्थानियहरुको सुझाब र जोरसाल बजारलाई सकृय बनाउनको लागि उत्त हाट पुन लाग्ने भएको छ । स्थानीय टंक श्रेष्ठका अनुसार राजनैतिक कारणले गर्दा जोरसालको बजार बन्द भएको थियो ।
श्रेष्ठ भन्छन् पहिला सदरमुकाम यहि हो बजार पनि राम्रो लाग्थ्यो तर पछि राजनैतिक कारणले सबै अड्डा फिदिममा सारे पछि यहाँको औंशि पुर्णिामा हाटपनि बन्द भएको थियो । सदरमुकाम फिदिम बजारबाट २ किलोमिटरमात्र पश्चिममा रहेको जोरसाल बजार ऐतिहासिक हो ।
उनी भन्छन् सम्भवत यो पाँचथर जिल्ला कै पहिलो हाट हो । जतिबेला हाट लाग्थ्यो त्यो बेला छिमेकी जिल्ला तेह्रथुमको आठराई (तत्कालीन १२ गाउँपञ्चायत) क्षेत्र, ताप्लेजुङको सबै क्षेत्र र पाँचथरको दक्षिण पश्चिम क्षेत्रको मुख्य व्यापारिक केन्द्र रहेको श्रेष्ठले बताएका छन् ।
यो हाट बन्द भए सँगै फिदिम बजारको शनिबारे हाट शुरुभएको हो । बजार फिदिम १ मा मात्र केन्दित देखियो, जसको कारण जोरसाल बजाल ओझेलमा परेका कारणपनि बजार लगाउनु पर्ने देखिएर स्थानियको सुझाव र आवस्यकतालाई ध्यानमा राखेर बजार लगाउने निर्णय गरेको नव निर्वाचित वडा अध्यक्ष उपेन्द्र लावतीले बताएका छन् ।
उनले भने जोरसालमा बजार लाग्दा रानीगाउँ, सुभाङ, भारपा तिरका किसानले राहत पाउने छन्, फिदिमको शिवालय परिषद्मा लागेको बजार साघुरो हुँदा जोरसालमा पशुहाट पनि लगाउन सकिने र यहाँका व्यवसायलाई प्रवर्द्धन गर्न सकिने देखेर हाट लगाउने निर्णय गरेको लावतीले बताएका छन् ।
ताप्लेजुङ तेह्रथुम तथा पाँचथरका विभिन्न गाउँ जोड्ने सडक जाने मध्य बिन्दु भएका कारणपनि जोरसाल महत्त्वपूर्ण मानिन्छ । उत्त बसेको भेलाले आगामी साउन २७ गतेबाट पाक्षिक हाट लगाउने निर्णय गरेको छ ।