काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ५८ जना कर्मचारी माग गरेको छ। आज गोरखापत्रमा सूचना निकालेर कोषले वरिष्ठ प्रबन्धक एक जना मागेको छ भने सबैभन्दा धेरै प्रशासनतर्फ सहायकमा १३ जना मागेको छ।
लोक सेवा आयोगको सहमतिअनुसार कोषले विभिन्न पदमा दरखास्त आह्वान गरेको हो। असार २८ गतेदेखि अनलाइनबाट दरखास्त आह्वान गर्न सकिन्छ।
सोमबार कोषले २०७७ मंसिर १४ गतेदेखि २४ गतेसम्म ६, ७, ८ र ९ तहका लागि भएको लिखित परीक्षा रद्द गरेको थियो । कोषले मंगलबार भने विभिन्न पदमा जागिर खुलाएको छ ।
नयाँ दरखास्त आह्वान यहाँ हर्नुहाेस
2350_Suchana-for-Open-Vacancy-2079-03-28